Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअक्टोबरमा टेस्लाले बेच्यो चीनमा बनेका ५४ हजार बढी सवारीसाधन

अक्टोबरमा टेस्लाले बेच्यो चीनमा बनेका ५४ हजार बढी सवारीसाधन


बेइजिङ । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले अक्टोबरमा ५४ हजार तीन सय ९१ वटा चीनमा बनेका सवारीसाधन बिक्री गरेको छ । यसमा ४० हजार छ सय ६६ वटा निर्यात गरेको चाइना प्यासेन्जर कार एसोसिएसन (सीपपीसीए)ले सोमबार जनाएको छ ।

टेस्लाले चीनको सांघाईमा मोडल ३ सेडान र मोडेल वाई एसयूभी उत्पादन गरिरहेको कम्पनीले गत सेप्टेम्बरमा ५६ हजार छवटा कार बिक्री गरेको थियो । त्यसमा तीन हजार आठ सय ५३ वटा निर्यात भएका थिए । त्यस्तै गत महिना चिनियाँ विद्युतीय कार उत्पादक निओ इन्कले पनि तीन हजार छ सय ६७ कार बिक्री गरेको छ । एक्सपेंग इन्कले भने १० हजार एक सय ३८ वटा कार डेलिभरी गरेको छ ।

यता फक्सवागन एजीले १२ हजार माथि कार बिक्री गरेको छ । चीनमा अक्टोबर महिनामा कुल १७ लाख ४० हजार गाडी बिक्री भएको सीपीसीएले जनाएको छ । वर्षगत तुलनामा यो १४ प्रतिशतले कम हो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया