Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा विश्व प्रविधि सम्मेलन आजदेखि सुरु हुँदै

बंगलादेशमा विश्व प्रविधि सम्मेलन आजदेखि सुरु हुँदै


ढाका । सूचना प्रविधिसम्बन्धी विश्व सम्मेलन आज बिहीबारदेखि सुरु हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु इन्टरनेशनल कन्फरेन्स सेन्टरमा सम्मेलन सुरु हुनलागेको हो । आईसीटी द ग्रेट इक्वेलाइजर अर्थात् सूचना प्रविधि नै मुख्य साधनको नारामा हुनलागेको सम्मेलन आईसीटी डिभिजन बंगलादेश कम्प्युटर काउन्सिल र बंगलादेश कम्प्युटर सामिटीले वल्र्ड इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिस एलियन्सको सहयोगमा गर्न लागेको हो ।

बंगलादेशका थुप्रै संस्था यसका सहआयोजक रहेका छन् । सम्मेलन चार दिनसम्म चल्नेछ । सम्मेलनका दौडान एसिया ओसेनिया इन्टरनेशनल कन्फरेन्स एएसओसीआईओ डिजिटल समिट २०२१ पनि आयोजना गरिनेछ । भौतिक उपस्थिति र भर्चुअल विधिमा सम्मेलन हुनेछ । सम्मेलनलाई बंगलादेशी राष्ट्रपतिले उद्घाटन गर्नेछन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया