Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररोल्स रोयसले खोल्यो लघु आणविक भट्टी, कार्बन उत्सर्जन घटाउन सघाउ पुग्ने

रोल्स रोयसले खोल्यो लघु आणविक भट्टी, कार्बन उत्सर्जन घटाउन सघाउ पुग्ने


लन्डन । बेलायती विमान इन्जिन निर्माता रोल्स रोयसले सानो कम लागतको आणविक भट्टी सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीले मंगलबार निजी र सार्वजनिक लगानीमा आधारित आणविक भट्टी बनाउन लागेको जनाएको हो । यसले बेलायतको कार्बन उत्सर्जन घटाउन सघाउ पु¥याउने एएफपीले जनाएको छ ।

रोल्स रोयसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले एउटा नयाँ सानो मोडुलर रियाक्टर (एसएमआर) विभाग बनाएको छ । यसमा ४० करोड ५० लाख पाउन्ड लगानी गरिएको छ ।’ एसएमआर रियाक्टरहरु बनाउन ठूला आणविक भट्टीको तुलनामा सस्तो पर्न आउँछ । यसको धेरै भाग बनाउन र एसेम्बल गर्न एउटै कारखानामा सकिन्छ ।

यो सरकारको शून्य उत्सर्जनको रणनीतिलाई पूरा गर्ने अर्को कदम भएको कम्पनीले जनाएको छ । ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गरिरहेको बेलायतले सन् २०५० सम्ममा शून्य उत्सर्जनको लक्ष्य प्राप्ति गर्ने जनाएको छ । यसका लागि आणविक सहायता लिइने बेलायतले जनाएको छ ।

लन्डनमा सूचीकृत इन्जिनियरिङ कम्पनीले नयाँ व्यवसायले ४० हजारसम्मको रोजगारी सन् २०५० सम्ममा सिर्जना गर्ने आशा गरेको छ । यसमा रोल्स रोयस, बीएनएफ रिसोर्सेस र एक्सेलनले १९ करोड ५० लाख पाउन्ड स्टर्लिङ आगामी तीन वर्षभित्र गर्नेछन् । त्यसमा सरकारले २१ करोड पाउन्ड अनुदान थप्ने कम्पनीले उल्लेख गरेको छ ।

विश्वमा देखिएको जलवायु परिवर्तनको समस्यालाई टार्नका लागि यसले नवप्रवर्तनात्मक सहयोग गर्ने रोल्स रोयसका कार्यकारी प्रमुख वारेन एस्टले बताए । रोल्स रोयसको एसएमआर प्रविधिसँगै आफूहरुले नवीकरणीय ऊर्जाको समाधान विकास गरेको कम्पनीले उल्लेख गरेको छ ।

बेलायतको व्यवसाय र ऊर्जा सचिव क्वासी क्वार्टेङले यसलाई कम कार्बन ऊर्जा विकास गरी प्रयोग गर्ने जीवनकै अपूर्व अवसर रहेको बताए । यसले स्वच्छ ऊर्जाको विकास गर्नेछ । जसबाट परम्परागत इन्धनको प्रयोग घट्ने अपेक्षा गरिएको छ । बेलायतमा गएको शताब्दीमै बनेका आणविक भट्टीहरु कि बन्द भएका छन् कि बन्द हुने अवस्थामा छन् । तर उसले आणविक शक्तिबाट जेनरेट हुनेमध्ये २० प्रतिशत विद्युत् कार्बन उत्सर्जन कम गर्नमा प्रयोग गर्ने चाहना राखेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया