Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमस्कले बेचे ५ अर्ब डलरको सेयर

मस्कले बेचे ५ अर्ब डलरको सेयर


अमेरिका । अर्बपति तथा अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले कम्पनीमा रहेको पाँच अर्ब डलरबराबरको सेयर बिक्री गरेका छन् । यसअघि सामाजिक सञ्जाल ट्विटरमा आफूलाई पछ्याउने (फलोअर)हरुलाई बेच्ने कि नबेच्ने भनी सोधेका थिए । उनले फलोअरहरुलाई १० प्रतिशत टेस्लामा रहेको सेयर बेचूँ भन्दै सुझाव मागेका थिए ।

ट्विटरमा उनका छ करोड ३० लाख फलोअर छन् । सो क्रममा उनीहरुले बेच्न सुझाव दिएका थिए । सोसँगै टेस्लाको सेयरमा १६ प्रतिशत गिरावट आएको थियो । यद्यपि पछि केही सुधार भएको थियो । टेस्ला विश्वकै अधिक मूल्यवान् कारनिर्माता हो । यसको सेयर बजारमा १० खर्ब डलर मूल्यांकन रहेको छ । मस्कको ट्रस्टले टेस्लामा रहेको ३६ लाख कित्ता सेयर बिक्री गरेको हो । यो भनेको चार अर्ब डलरबराबरको हो । त्यस्तै मस्कले अर्को नौ लाख ३४ हजार कित्ता सेयर एक अर्ब १० करोड अमेरिकी डलरबराबरको पनि बिक्री गरेका छन् ।

मस्कले बिक्री गरेको सेयर टेस्लामा रहेको उनको कुलमध्ये तीन प्रतिशत रहेको बताइएको छ । ट्विटरको मतदानसँग यो बिक्री जोडिए नजोडिएको बारे केही बताइएको छैन । शनिबार उनले आफूले सेयर बिक्री गर्ने कि नगर्ने भनी ट्विटरमा पोस्ट गरेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया