Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारक्याथेका क्रुलाई कडा नियम

क्याथेका क्रुलाई कडा नियम


हङकङ । हङकङको हवाइ सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले आफ्ना विमान चालकदलका सदस्य (क्रु मेम्बर)लाई कडाइ गर्ने भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि विमान क्रु मेम्बरलाई यस्तो कडाइ गर्न लागिएको बीबीसीले जनाएको छ ।

विदेशबाट हङकङ आउनलागेका हङकङवासीलाई आफ्नै घरमा बस्न र अनावश्यक सामाजिक सम्पर्कमा कम्तीमा २१ दिन नजान पनि भनिएको छ । पछिल्लो नियम बुधबारदेखि लागू हुनेछ । गत महिना हङकङले कोभिड नियमहरु कडाइ गरेको थियो । कूटनीतिज्ञ र केही व्यावसायिक व्यक्तिलाई छोडेर हङकङ आउने सबैजसोले १४ देखि २१ दिनसम्म होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

यता क्याथेको नयाँ नियममा हङकङ आउने एयर क्रुलाई पहिलो तीन दिन अनिवार्य घरमै बस्नुपर्ने भनिएको छ । त्यसमा खाना किन्न र दैनिक अत्यावश्यकका लागि, घरबाहिर शारीरिक व्यायामका लागि, औषधिजन्य सामग्री खरिद, आएपछिका परीक्षणलगायतका सबै काम पूरा गर्ने लगायतका लागि अधिकतम दुई घण्टा समय मात्रै पाइनेछ । त्यसपछि उनीहरुले पनि अरु १८ दिन सामाजिक सम्पर्कमा जान नपाइने बताइएको छ । यसबाहेक एयरलाइन्सको नियमहरुको पनि परिपालना गर्नुपर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया