Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाद्वारा डलर संकट गहिरिँदा देशकै एकमात्र रिफाइनरी बन्द

श्रीलंकाद्वारा डलर संकट गहिरिँदा देशकै एकमात्र रिफाइनरी बन्द


कोलम्बो । दक्षिण एसियाली राष्ट्र श्रीलंकाले देशकै एकमात्र तेल प्रशोधन गृह सोमबारदेखि बन्द गरेको छ । कच्चा तेल ल्याउने अमेरिकी डलरको अभाव भएपछि श्रीलंकाले रिफाइनरी बन्द गरेको एएफपीले जनाएको छ ।

पछिल्लो समय आर्थिक संकट गहिरिएसँगै खाद्यवस्तुको अभावलगायतका समस्या देखिनथालेको छ । अक्टोबरको अन्त्यसम्म श्रीलंकाको विदेशी मुद्रा सञ्चिति घटेर दुई अर्ब ३० करोड अमेरिकी डलर घटिसकेको थियो । दुई वर्षअघि साढे सात अर्ब अमेरिकी डलर रहेको सञ्चिति घटेर यो अवस्थामा आइपुगेको हो, जतिखेर अहिलेको सरकार सत्तामा आएको थियो ।

अन्तर्राष्ट्रिय रेटिङ संस्थाहरुले अर्थतन्त्र ३.६ प्रतिशतले खुम्चिन थालेसँगै श्रीलंकाको ऋण तिर्नसक्ने क्षमता घटेको बताइसकेका छन् । यसबाहेक पर्यटनतर्फको आय र विदेश गएकाले पठाउने रेमिट्यान्स समेत घटेको छ ।

श्रीलंकाली ऊर्जामन्त्री उदय गामनपिलाले पहिलोपटक सपुगास्कान्द रिफाइनरी बन्द भएको बताए । सन् १९६९ मा इरानले यसलाई बनाइदिएको थियो । यसको साटो श्रीलंकाले प्रशोधित पेट्रोल र डिजेल आयात गर्ने तयारी गरेको छ । यसबाट धेरै पैसा बचत गर्न सकिने बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया