Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एक दिनमा १० हजार ४८८ नयाँ संक्रमित

भारतमा एक दिनमा १० हजार ४८८ नयाँ संक्रमित


भारत । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना संक्रमित भएका छन् । भारतमा अहिले कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या एक लाख २२ हजार ७ सय १४ रहेको छ । यो संख्या कुुल संक्रमित भएका मध्येको शून्य दशमलव ३६ प्रतिशत मात्रै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ सक्रिय संक्रमितको यो संख्या सन् २०२० को मार्च पछिको सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार कोरोना शुरु भएदेखि हालसमम तीन करोड ४५ लाख १० हजार चार सय १३ जना कोरोना संक्रमित भएका छन् । हिजो शनिबार कोरोना संक्रमणका कारण तीन सय १३ जनाको मृत्यु भएको यसैसँगै भारतमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको संख्या चार लाख ६५ हजार छ सय ६२ जना पुगेको पनि समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १२ हजार तीन सय २९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाको संख्या कम हुँदै गएको हो । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको संख्या तीन करोड ३९ लाख २२ हजार ३७ रहेको मन्त्रालयले जनाएको छ ।

गत जनवरी १६ बाट भारतमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि अहिलेसम्म भारतमा एक अर्ब १६ करोड ५० लाख ५५ हजार २१० डोज खोप लगाइएको छ । भारतमा हालसम्म ६३ करोड १६ लाख ४९ लाख तीन सय ७८ जनाको परीक्षण भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया