Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबोइङ २० वर्षयता पहिलोपटक घाटामा

बोइङ २० वर्षयता पहिलोपटक घाटामा


अमेरिका, माघ १७
अमेरिकी विमान निर्माता कम्पनी बोइङ २० वर्षयता पहिलोपटक घाटामा गएको छ । गत वर्ष दुई विमान एकै प्रकृृतिका दुर्घटनामा परेपछि ७३७ म्याक्स सिरिजका सबै विमान विश्वभर एकैसाथ ग्राउन्डेड गर्नुपरेको कारण कम्पनीले दुई दशकयता पहिलोपटक घाटा व्यहोरेको हो । इन्डोनेसिया र इथियोपियामा भएको म्याक्स विमान दुर्घटनामा ३ सय ४६ जनाले ज्यान गुमाएका थिए ।

सोही कारण ग्राउन्डेड विमानको लागि मात्रै १८ अर्ब अमेरिकी डलर खर्च हुने कम्पनीले अनुमान गरेको छ । यसले कम्पनीलाई वित्तीय घाटा पुगेको छ । कम्पनीका अनुसार सन् २०१९ मा ६३ करोड ६० लाख अमेरिकी डलर घाटा भएको छ । गत वर्षका अन्तिम तीन महिना बिक्रीका हिसाबले खराब भएको पनि कम्पनीले जनाएको छ ।

उक्त अवधिमा कम्पनीले १७ अर्ब ९० करोड डलरको विमान माग पाएको थियो । विश्लेषकहरुले भने उक्त अवधिमा कम्पनीले २१ अर्ब ७० करोड डलरको विमान माग आउने अनुमान गरेका थिए । बोइङमा हाल नेतृत्व समेत फेरिएको छ । डेभिड कलहन बोइङको प्रमुखमा आएका छन् । उनी डेनिस मुलेनबर्गको स्थानमा आएका हुन् । कम्पनीले ग्राउन्डेड विमानलाई पुनः सेवामा फर्काउन दौडधूप गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया