Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलाओसमा खाद्य सुरक्षामा युरोपेली युनियनको सहयोग

लाओसमा खाद्य सुरक्षामा युरोपेली युनियनको सहयोग


भिएन्टिन, माघ १७
युरोपेली युनियनसँग लाओसको खाद्य सुरक्षा कार्यक्रममा सघाउनेसम्बन्धी एक सम्झौतामा बुधबार हस्ताक्षर भएको लाओसको कृषि तथा वन मन्त्रालयले जनाएको छ । उक्त सम्झौताबमोजिम तोकिएका वस्तु र प्रान्तका उच्च महत्वका कृषिजन्य सामग्रीको पहिचान गरिने उल्लेख छ । किसानले उत्पादन गरेका सामग्रीको बजार पहुँच स्थापना गर्न पनि यस परियोजनाले सघाउनेछ । किसान र निर्यातकर्ताहरुबीचको सम्बन्ध विकास गर्न यस आयोजनाले मद्दत गर्नेछ ।

परियोजनाले बोटबिरुवाको स्वास्थ्य र बिषादीको प्रयोगलाई नियन्त्रण गर्न नियामक संरचना निर्माणमा कानुनी र प्राविधिक पक्षमा सघाउने छ । वनस्पति र खाद्य उत्पादनमा विषादीको प्रयोगका सन्दर्भमा उचित मापदण्ड अपनाएको अवस्थामा मात्र त्यस्ता वस्तुलाई युरोपेली बजारमा पहुँच हुने भएकाले पनि यो सम्झौताको कार्यान्वयन लाओसको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण मानिएको छ ।

यस सम्झौतालगत्तै विभिन्न चरणमा कार्यक्रमहरु आयोजना गरिने मन्त्रालयले स्पष्ट गरेको छ । उत्तरी लाओसको लुआङ नाम्थाका किसानका लागि खर्बुजा खेतीमा प्राविधिक सहयोग उपलब्ध हुनेछ । मध्यलाओसको भिएनटिन क्षेत्रका किसानलाई धान उत्पादनमा मद्दत गरिनेछ भने लाओसका कृषिसँग सम्बन्धित विभिन्न नियामक निकायहरुको प्राविधिक क्षमता विकासमा सहयोग सुरु हुनेछ । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया