Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण अफ्रिकामा भेटियो नयाँ कोभिड–१९ स्ट्रेन ‘ओमिक्रोन’

दक्षिण अफ्रिकामा भेटियो नयाँ कोभिड–१९ स्ट्रेन ‘ओमिक्रोन’


अमेरिका । विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड–१९ संस्करण ‘बी.१.१.५२९ लाई ओमिक्रोन’ नाम दिएको छ ।

कोरोनाभाइरस बी.१.१.५२९ को भर्खरै पत्ता लागेको भेरियन्ट चिन्ताको विषय हो । यसमा अन्य डरलाग्दो भेरियन्टहरूको बारेमा विज्ञानले थाहा पाएको भन्दा धेरै उत्परिवर्तनहरू छन् । विश्व स्वास्थ्य संगठनले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिँदै उक्त टिप्पणी गरेको छ।

हाल प्रयुक्त कोरोनाभाइरस खोपहरू नयाँ कोभिड–१९ संस्करणविरूद्ध कम प्रभावकारी हुनसक्ने पनि जनाइएको छ । नयाँ भेरियन्ट ‘डेल्टा’ स्ट्रेनभन्दा पनि बढी संक्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ ।

यो भेरियन्टलाई वैज्ञानिकहरूले बी.१.१.५२९ को रूपमा चित्रण गरेका छन् । डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले बैठकपछि प्रारम्भिक विश्लेषणले यस संस्करणमा ठूलो संख्यामा उत्परिवर्तनहरू आएका छन् जसबारे थप अध्ययन गरिनेछ ।

विश्व व्यापार संगठनद्वारा सम्मेलन रद्द : यसैबीच, विश्व व्यापार संगठनले कोरोनाको अर्को लहर आउनसक्ने भन्दै मन्त्रीस्तरीय सम्मेलन रद्द गरेको छ । द जनरल काउन्सिल अफ द वल्र्ड ट्रेड अर्गनाइजेसनले शुक्रबार संगठनले आयोजना गर्नलागेको मन्त्रीस्तरीय सम्मेलन रद्द गर्ने घोषणा गरेको हो । अहिले भेटिएको भेरिएन्ट छिटो फैलिनसक्ने र खोपले पनि काम गर्न नसक्ने बताइएपछि डब्लुटीओले वक्तव्य जारी गरी उक्त निर्णय लिएको बताइएको छ । १२औँ मन्त्रीस्तरीय सम्मेलन (एमसी१२) नोभेम्बर ३० देखि जेनेभामा सुरु हुनेवाला थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया