Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआईएमएफ प्रमुख भन्छिन् : ओमिक्रोनले विश्व अर्थतन्त्र वृद्धिदरमा प्रभाव पार्न सक्छ

आईएमएफ प्रमुख भन्छिन् : ओमिक्रोनले विश्व अर्थतन्त्र वृद्धिदरमा प्रभाव पार्न सक्छ


अमेरिका । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भर्खरै विश्वमा फैलिन थालेको कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को कारण विश्व अर्थतन्त्रको वृद्धिदरमा प्रभाव पर्ने चेतावनी दिएको छ । आईएमएफकी प्रबन्धनिर्देशक क्रिस्टालिना जर्जिएभाले ‘रोयटर्सको नेक्स्ट सम्मेलन’मा यसको संकेत देखिएको बताएकी हुन् ।

ओमिक्रोन विश्वका ४० देशमा फैलिइसकेको छ । सर्वप्रथम गत हप्ता यो भेरिएन्ट दक्षिण अफ्रिकामा भेटिएको थियो । योसँगै धेरै देशले यात्रामा कडाइ गर्नथालिसकेका छन् । उनका अनुसार तीव्र गतिमा फैलिएको नयाँ भेरिएन्टले चिन्ता बढाएको र यसले अक्टोबरको विश्व आर्थिक वृद्धिदरको अनुमानमा ठेस लाग्नसक्ने देखिएको छ ।

यो भाइरसबारे धेरै कुरा अझै पत्ता लाग्न बाँकी छ । अनुसन्धाताहरु यसको अनुसन्धान गरिरहेका छन् । उनीहरुले यसको संक्रमण क्षमताा र अन्य प्रभावबारे अनुसन्धानमै छन् । यो भेरिएन्ट युरोपका विभिन्न भागमा र अमेरिकामा तीव्र दरमा फैलिरहेको बताइएको छ । यसले गर्दा यात्रा प्रतिबन्ध र लकडाउनको अवस्था सिर्जना भएमा अर्थतन्त्रहरुलाई अस्थिर बनाउनसक्ने देखिएको हो ।

विश्व स्वास्थ्य संगठनले पनि छिटो फैलिने क्षमता डेल्टा भेरिएन्टको भन्दा बढी रहेको बताएको छ । यसका लागि तयार हुन पनि डब्लुएचओले आग्रह गरेको छ ।

सन् २०१९ को अन्त्यतिर चीनमा देखिएको कोरोना भाइरसबाट हालसम्म २६ करोड ४० लाख मानिस संक्रमित बनिसकेका छन् । यसबाट ५४ लाख ९० हजार बढीको मृत्यु भइसकेको छ । युरोपमा मात्रै गत शुक्रबारसम्म कोरोनाबाट साढे सात लाख बढी संक्रमित भेटिइसकेका छन् ।

त्यसो त विश्वमा अहिले कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि भइरहेको छ । विकसित देशका जनसंख्याले यसको धेरै लाभ लिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया