Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफेसबुकविरुद्ध रोहिंग्याले हाले डेढ खर्ब डलरको मुद्दा

फेसबुकविरुद्ध रोहिंग्याले हाले डेढ खर्ब डलरको मुद्दा


अमेरिका । बेलायत र अमेरिकामा रहेका दर्जनौँ रोहिंग्या शरणार्थीले फेसबुकविरुद्ध डेढ खर्ब अमेरिकी डलरको मुद्दा दायर गरेका छन् । आफूहरुविरुद्ध घृणा फैलाउन दिएको भन्दै सामाजिक सञ्जालविरुद्ध उक्त मुद्दा दायर गरिएको बीबीसीले जनाएको छ ।

उनीहरुले क्षतिपूर्तिस्वरुप डेढ खर्ब अमेरिकी डलर आफूहरुलाई दिइनुपर्ने उल्लेख गरेका छन् । फेसबुकले अल्पसंख्यक रोहिंग्याविरुद्ध हिंसा फैलाएको आरोप उनीहरुको छ । सन् २०१७ मा बुद्ध धर्मावलम्बीको बहुमत रहेको म्यानमारमा त्यहाँको सेनाले अल्पसंख्यक रोहिंग्या समुदायमाथि गरेको अत्याचारमा १० हजार मुस्लिमको मृत्यु भएको अनुमान छ ।

फेसबुकले अहिले नै यसबारे प्रतिक्रिया दिइसकेको छैन । फेसबुकविरुद्ध घृणा र गलत सूचना फैलाएको आरोप वर्षौँदेखि चलिरहेको छ । बेलायतमा रहेका उनीहरुको प्रतिनिधित्व गर्दै फेसबुकलाई पत्र पठाइएको छ । फेसबुकमाथि रोहिंग्याविरुद्ध घृणा फैलाएको, म्यानमारको राजनीतिक अवस्था थाहा पाउने तथ्यजाँचकमा लगानी गर्न नसकेको, हिंसालाई प्रश्रय दिने पोस्ट र फेसबुक एकाउन्ट हटाउन असफल भएको, तत्कालै गलत पोस्टविरुद्ध कारबाही नगरेकोलगायतका आरोपहरु लगाइएका छन् ।

त्यस्तै अमेरिकामा पनि फेसबुकविरुद्ध रोहिंग्या मानिसको जीवन दक्षिणपूर्वी एसियाको सानो देशमा व्यापार गराएको लगायत आरोप लगाइएको बताइएको छ । उनीहरुले सन् २०१३ को एउटा पोस्ट ‘हिटलरले जसरी जिउजलाई गरेका थिए, हामी पनि (रोहिंग्यामाथि) त्यसै गर्नुपर्छ’लगायत समावेश गरेर मुद्दा हालेको बताइएको छ । म्यानमारमा फेसबुकका दुई करोड प्रयोगकर्ता छन् । धेरैका लागि फेसबुक नै सूचनाको स्रोत हो । सन् २०१८ मा फेसबुकले रोहिंग्याविरुद्धको हिंसा र घृणा रोक्न पर्याप्तमात्रामा नसकेको स्वीकारेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया