Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएक जुम कलमै हाकिमले खाइदिए नौ सय जनाको जागिर

एक जुम कलमै हाकिमले खाइदिए नौ सय जनाको जागिर


अमेरिका । एक अमेरिकी कम्पनीका हाकिमले एक जुम कलको भरमा नौ सय जनाको जागिर चट् गरिदिएका छन् । मोर्टगेज कम्पनी बेटर डटकमका प्रमुख कार्यकारी अधिकृत विशाल गर्गले नौ सय जनालाई बर्खास्त गरिदिएका हुन् । ‘यदि तपाईं पनि यो कलमा हुनुहुन्छ भने अभागी समूहमा पर्नुभएको छ’, उनले बर्खास्त गर्नुअघि कर्मचारीलाई भनेका थिए । यो भिडिओ पछि सामाजिक सञ्जालमा अपलोड गरिएको थियो । तर गर्गको यस्तो कार्यविरुद्ध सामाजिक सञ्जालहरुमा चर्को आलोचना भएको छ ।

‘पछिल्लोचोटि मैले यो गरेँ, म रोएँ’, त्यो कलमा गर्गले भने, ‘मलाई लाग्छ समाचारहरु फरक थिए, हामी बलियो थियौँ ।’ यो बेला उनी आफू बसेको डेस्कमा राखेको नोट देखाइरहेका थिए । गर्गले कर्मचारीको प्रस्तुति, उत्पादनशीलता र बजार परिवर्तनलाई देखाएर ठूलो संख्यामा जागिर खाइदिएका हुन् । उनीहरु कम्पनीको कुलमध्ये १५ प्रतिशत रहेको बताइएको छ । तर उनले आफ्नो कम्पनीको मुख्य लगानीकर्ता जापानको सफ्टबैंकबाट ७५ करोड डलर लिएको भने कतै उल्लेख गरेनन् ।

यसो भनेका थिए कर्मचारीलाई– ‘सबैलाई अभिवादन ! सबैलाई यहाँ जोडिनुभएकोमा धन्यवाद । म यहाँ ठूलो समाचार साथ आएको छैन । बजार परिवर्तन भएको थाहै छ र हामी बाँच्नको लागि योसँगै हिँड्नुपर्नेछ । आशा छ हामी हाम्रो मिसनमा बलियो भएर निरन्तरता दिन सक्नेछौँ ।

तपाईंहरुले सुन्न चाहेको यो समाचार होइन तर पूर्णतया यो मेरो निर्णय हो कि ममार्फत तपाईंहरुलाई सुनाउन चाहन्छु । यो निर्णय साँच्चै साँच्चै नै कठिन साथ बनाएको हुँ । मैले यो गरेको पनि जीवनकालकै दोस्रो पटक हो, जुन म चाहन्न । पछिल्लोपटक यसो गरेर म रोएको थिएँ । यो पटक म बलियो हुने कोशिस गर्नेछु । तर हामी कम्पनीको १५ प्रतिशत कर्मचारी कटौती गर्दै छौँ । यसका धेरै कारणहरु छन् – बजार, पर्याप्तता, प्रस्तुति र उत्पादकत्वका हिसाबले । यदि तपाईं पनि यो कलको एक हिस्सा हुनुहुन्छ भने अभागी हुनुहुन्छ । रोजगारी गुमाउँदै हुनुहुन्छ । तपाईंको रोजगारी खोसिएको छ । तुरुन्तै । अहिलेदेखि नै ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया