Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसोलार प्यानलको सुरक्षालाई लिएर अमेरिकामा टेस्लाविरुद्ध अनुसन्धान

सोलार प्यानलको सुरक्षालाई लिएर अमेरिकामा टेस्लाविरुद्ध अनुसन्धान


वासिङटन । अमेरिकी सरकारी अधिकारीहरुले टेस्लाको सोलार प्यानलको सुरक्षालाई लिएर अनुसन्धान थालेका छन् । अमेरिकी धितोपत्र विनिमय आयोग (एसईसी)मा एक उजुरीपछि टेस्लाविरुद्ध अनुसन्धान सुरु भएको बीबीसीले जनाएको छ ।

टेस्लाकै पूर्व ‘फिल्ड क्वालिटी मेनेजर’ स्टिभन हेन्क्सले कम्पनीले सोलार प्यानलको जोखिमबारे सेयरसदस्यहरुलाई र सर्वसाधारणलाई सूचित नगरेको आरोप लगाएका छन् । टेस्लाका सोलार प्रणालीले आगलागी भएको सानो संख्यामा उजुरी पर्दै आएका छन् । तर हेन्क्सले भने यस्तो कमजोरी नभनेको र केही इलेक्ट्रिकल कनेक्टरहरुले आगलागीको समस्या देखाएको उल्लेख गर्दै जानकारी दिनुको साटो ग्राहकलाई प्यानलको मर्मतसम्भार गर्न भनेको दाबी गरेका छन् ।

एसईसीका अनुसार यसबारे अनुसन्धान भइरहेको छ । यद्यपि कानुन उल्लंघन गरेको रुपमा यो अनुसन्धानलाई नलिन पनि एसईसीले जानकारी दिएको छ । हेन्क्सलाई टेस्लाले बर्खास्त गरेको थियो । उनले यसविरुद्ध मुद्दा नै दर्ता गरेका थिए । एसईसीले अनुसन्धान गरिरहेको समाचार आएसँगै टेस्लाको सेयरमा छ प्रतिशत गिरावट आएको थियो तर पछि फेरि सेयर मूल्यमा सुधार आएको बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया