Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहेलिकोप्टर दुर्घटनामा भारतीय रक्षाप्रमुख रावत दम्पतीसहित १३ जनाको मृत्यु

हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षाप्रमुख रावत दम्पतीसहित १३ जनाको मृत्यु


नयाँ दिल्ली । तमिलनाडुमा भएको सैनिक हेलिकप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख अर्थात् चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ ।

उच्च सैन्य अधिकारी बोकेको भारतीय वायुसेनाको दुर्घटनाग्रस्त सैन्य हेलिकोप्टरमा यात्रारत १४ जनामध्ये तेह्र जनाको मृत्यु भएको पुष्टि भएको छ ।
बुधबार तमिलनाडुको निलगिरि पहाडी जिल्लाको कूनर नजिकै दुर्घटना भएको थियो । हेलिकप्टरमा सीडीएस रावत, उनकी श्रीमती र अन्य सैनिक कर्मचारी थिए । भारत सरकारले बिहीबार संसदलाई यसबारे जानकारी गराउने बताइएको छ ।

विमान कोयम्बटोरस्थित सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनस्थित ‘डिफेन्स स्टाफ कलेज’तर्फ जाँदै थियो । भारतीय प्रधानमन्त्री मोदीले घटनाबारे प्रतिक्रिया दिँदै ट्वीटमा सैनिक हेलिकोप्टर दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

हेलिकोप्टर दुर्घटना भएको ठाउँबाट निकालिएका शवहरु सैनिक अस्पताल वेलिङ्गटन लगिएको थियो । यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा आवश्यक सबै सहयोग उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताएका थिए ।

भारतीय वायु सेनाका अनुसार दुर्घटनामा सीडीएस जनरल रावत र उनकी पत्नी मधुरिका रावत, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नल हरजिन्दर सिंह, एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साई तेजा र हाव सत्पाललगायत विमानमा सवार थिए । आईएएफले दुर्घटनाको छानबिन गर्न निर्देशन दिएको छ । दुर्घटनामा एक जना पाइलट मात्र बाँचेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि रावत भारतीय स्थल सेनाध्यक्ष थिए । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया