Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमूलभूमि चीनसँगको सीमा बन्द गर्ने हङकङको घोषणा

मूलभूमि चीनसँगको सीमा बन्द गर्ने हङकङको घोषणा


हङकङ, माघ २१
पछिल्लो केही सातायता चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगिन हङकङले मूलभूमि चीनसँगको सीमा बन्द गर्ने घोषणा गरेको छ । सोमबार हङकङकी नेतृ क्यारी लामले चीनबाट हङकङ प्रवेश गर्ने हरकोहीलाई रोक्न उक्त घोषणा गरेकी हुन् । सार्वजनिक दबाब बढ्दै गएपछि नेतृ लामले उक्त कदम चालेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । सीमा बन्द गरे पनि सिल गर्ने प्रस्ताव भने नभएको बताइएको छ ।

घोषणासँगै लो वु र लोक मा चाउ सीमाविन्दु सोमबार रातिदेखि नै बन्द भएका छन् । आवश्यकता अनुसार अन्य कदम चालिने लामले बताएकी छिन् । स्वास्थ्य स्वयंसेवकहरुले सोमबार पाँच दिने बन्दको घोषणा गरेपछि लाममाथि दबाब बढेको थियो । उनीहरुले पूरै सीमा बन्द गर्न माग गरेका छन् । पछिल्लो समय भाइरस फैलिनथालेपछि चीनबाट हङकङ आउनेको संख्या समेत घटेको बताइएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म ३ सय ६२ जनाको मृत्यु भइसकेको छ भने हजारौँ संक्रमणको चपेटामा परेका छन् । चीनमा मात्रै ३ सय ६१ जनाको मृत्यु भएको छ । संक्रमण भने चीनसँगै हङकङ, मकाउ, अस्ट्रेलिया, कम्बोडिया, क्यानडा, फिनल्यान्ड, फ्रान्स, जर्मनी, भारत, इटली, जापान, मलेसिया, नेपाल, फिलिपिन्स, रुस, सिंगापुर, दक्षिण कोरिया, स्पेन, श्रीलंका, स्विडेन, ताइवान, थाइल्यान्ड, यूएई, यूके, अमेरिका र भियतनाममा फैलिइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया