Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय कम्पनीलाई यूएईमा ढुवानीसम्बन्धी निर्माणको ठेक्का

भारतीय कम्पनीलाई यूएईमा ढुवानीसम्बन्धी निर्माणको ठेक्का


मुम्बई, माघ २२
भारतीय इन्जिनियरिङ समूह लार्सेन एण्ड टर्बो लिमिटेडले यूएईमा ढुवानीसम्बन्धी पूर्वाधार निर्माणको ठेक्का पाएको छ । एत्तिहाद रेल नेटवर्क २ का लागि सातवटा रणनैतिक गन्तव्यमा उक्त निर्माणको ठेक्का पाएको कम्पनीले मंगलबार जनाएको हो । उक्त ठेक्का ३५ देखि ७० करोड अमेरिकी डलरसम्मको रहेको बताइएको छ । यूएईको एत्तिहाद रेल कम्पनी पीजेएससीले उक्त ठेक्का लगाएको हो । सोही कम्पनीले यूएईको नेशनल फ्रेट र पेसेन्जर रेलवे सञ्जालको व्यवस्थापन गर्छ । उक्त परियोजना पावर चाइनासँगको संयुक्त उपक्रममा कार्यान्वयन हुनेछ । पावर चाइना चिनियाँ सरकारी स्वामित्वको निर्माण कम्पनी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया