Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरस संक्रमणको महामारी छैन : डब्लुएचओ

कोरोना भाइरस संक्रमणको महामारी छैन : डब्लुएचओ


माघ २२
चीनबाट सुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणले अहिले नै विश्वभरि महामारीको रूप नलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार बताएको छ । डब्लुएचओको संक्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले भने, ‘अहिले हामी कोरोना भाइरसको संक्रमणको माहामारीको अवस्थामा छैनौ ।’

तर संक्रमणको महामारीको जोखिमको बहुकेन्द्रित चरणमा रहेको उनले बताए । कोरोना भाइरसका कारण चीनमा ४२५ जनाको मृत्यु भएको छ भने कम्तीमा २० हजार व्यक्ति यसको संक्रमणका कारण उपचार गराइरहेका छन् । चीनको मध्यक्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरसका विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भए पनि त्यहाँ संक्रमण महामारीको रूपमा नरहेको उनको भनाइ रहेको छ ।

ब्राएन्डले भने, ‘चीनको हुबेईमा शीघ्र संक्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै रहेको छ ।’ यसैबीच्मा चीनका अधिकारीहरूले संक्रमण नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गरेका र अन्य प्रभाबित मुलुकहरूले पनि भाइरस संक्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानीहरू अपनाएको पाइएको छ ।

चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै संक्रमण रोक्न वा यस भाइरसलाई पूर्ण निर्मूल पार्न सफलता मिल्नेमा हामी विश्वस्त छौँ ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया