Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहाइपरड्राइभ : मस्कको सुरुङ प्रणालीले काम गर्छ तर यसको वास्तविक परीक्षा आउनै बाँकी छ !

हाइपरड्राइभ : मस्कको सुरुङ प्रणालीले काम गर्छ तर यसको वास्तविक परीक्षा आउनै बाँकी छ !


सारा म्याकब्रइड, लास भेगास । गत हप्ता लास भेगासमा भएको ‘द सीईएस टेक्नोलोजी शो’ अर्बपति इलोन मस्कको बोरिङ कम्पनीका लागि एउटा महत्वपूर्ण कोशेढुंगा थियो । मस्कको कम्पनीले फेरी यात्रुको लागि टेस्ला इन्कको ठूलो कन्भेन्सन सेन्टरवरपर भूमिस्थ सुरुङहरुको सञ्जाल सञ्चालन गर्छ ।

केही स्न्यागलाई छोए पनि द भेगास लुपले धेरैजसो राम्रो प्रस्तुति पस्कियो । भिडिओमा देखिएको यो सानो कमजोरीलाई ट्विटरमा ट्राफिकको समस्या हल गर्ने मिसनमा लागेको कम्पनी भन्दै मजाकको विषयवस्तु बनाइयो । मस्कको दूरदृष्टिको अर्को पाटो पनि छायामा पर्ने देखिएको छ । त्यो भनेको सवारीसाधनहरु मानव चालकमै निर्भर हुन्छन् । यो एउटा शर्त पनि तत्कालै परिवर्तन नहुने देखिएको छ ।

जे भए पनि लास भेगासका अधिकारीहरुले गत हप्ताको नतिजाबाट आफूहरु सन्तुष्ट भएको संकेत गरे । लास भेगास कन्भेन्सन एन्ड भिजिटर्स अथोरिटीले उपलब्ध गराएको संख्याअनुसार यो यातायात प्रणालीले १५ देखि १७ हजार मानिसलाई सीईएसका दौडान दिनहुँ सफलतापूर्वक यात्रा गरायो । यो भनेको यसमा उपस्थितिमध्ये झण्डै आधा हो । बोरिङ कम्पनीका अनुसार यसका तीन स्टेसनमा औसत पर्खाइको समय १५ सेकेन्डभन्दा कम थियो । त्यस्तै चढाइको समय औसतमा दुई मिनेटभन्दा कम थियो । जुन अप्रिलमा रिपोर्टरहरुले साइट भिजिट गर्दा एलभीसीभीएले अनुमान गरेकै अवधिवरपर थियो ।

यो संख्याले बोरिङ कम्पनीका लागि गज्जबको प्रस्तुति देखाउँछ । यद्यपि यो आशा गरिएजस्तो त्यति कठोर परीक्षण भने थिएन । कोरोना संक्रमण नाटकीय रुपमा बढेपछि यहाँ उपस्थिति नै घट्न पुगेको थियो । प्रदर्शनीहरु पनि सोही कारण घटाइएको थियो । धेरै कमले सुरुङ पुगे नत्र अरु नै कुरा हुनसक्थ्यो । उच्च मागकै बीच यो प्रणालीले कसरी समात्न सक्छ भन्ने देख्न बाँकी नै रह्यो ।

बोरिङ कम्पनीको पहिलो व्यावसायिक परियोजना लास भेगास सुरुङ प्रणालीको अवधिगत रुपमा भन्नुपर्दा थोरै कारणका लागि महत्वपूर्ण देखिएको छ । पहिलो, यो स्टार्टअपले देशका धेरै सहरहरुसँग छलफल गरिरहेको छ जुनमध्ये सबैजसोले सम्झौताअघि नै स्टार्टअपको प्रविधिले वास्तविक संसारमा कसरी काम गर्छ भन्ने हेर्न चाहेका छन् । दोस्रोचाहिँ, कम्पनीको यो परियोजनाको क्षतिपूर्ति सीईएसजस्ता ठूला सम्मेलनका दौडान यसले कस्तो काम गर्छ भन्नेमा छ । सम्झौताका शर्तअनुसार बोरिङले एलभीसीभीएलाई ४५ लाख डलरको लेटर अफ क्रेडिट उपलब्ध गराएको छ । उक्त रकम घटाएर एकपटकको यात्राको ३ लाख डलरमा झारिनेछ । यसमा तीन हजार नौ सय ६० यात्रु प्रतिघण्टा १३ घण्टाका लागि ठूला सम्मेलनमा यात्रामा सहभागी हुनेछन् ।

किनभने यो वर्षको शोले ४० हजारजति दर्शकलाई आकर्षित ग¥यो । सन् २०२० मा एक लाख ७० हजारजति आएका थिए । यो भनेको सानो संख्या हो । जहाँ कम्पनीले आफूलाई सम्झौतामा भएका न्यूनतम यात्रुलाई यात्रा गराउनेमा प्रमाणित गर्न सकेन । एलभीसीभीएले औसत घण्टाको संख्या उपलब्ध गराउन मानेन ।
तर कम्पनी पछिल्ला परीक्षणमा जति नै संख्या भेट्टाउन सफल रह्यो ।

डिसेम्बरमा एलभीसीभीएका प्रमुख वित्तीय अधिकृत इद फिंगरले अथोरिटीको अडिट कमिटीलाई भनेअनुसार एकाउन्टिङ फर्म बीडीओले उक्त प्रणालीबाट मे महिनामा भएको परीक्षणमा प्रतिघण्टा चार हजार चार सय ३१ यात्रुलाई यात्रा गराउन सफल भएको जनाएको थियो । जुन भनेको सम्झौताअनुसार बोरिङलाई चार करोड ४२ लाख ५० हजार डलर कुल भुक्तानीको अन्तिम किस्ता प्राप्पत गर्न पर्याप्त थियो ।

उक्त परीक्षण एक घण्टासम्म चलेको थियो भने तीन सय स्वयंसेवक संलग्न रहेको फिंगरले बताए । यो सम्झौताले बोरिङलाई सिस्टम क्षमताको आवश्यक पर्ने सवारीसाधनको १० प्रतिशत प्रयोग गरी परीक्षण गर्न दिन्छ । यदि धेरै सवारीसाधन प्रयोग गर्दा दर कति हुने भन्ने प्रक्षेपणका लागि इन्जिनियरिङ विश्लेषण थप गर्न समेत स्वीकृति दिन्छ । परीक्षणपछि काउन्टीले ट्रान्जिट सिस्टमका लागि बढाएर ७० टेस्लालाई स्वीकृति दिएको छ ।

यदि लास भेगास परियोजना सफल हो भने यसले अन्य सहरलाई पनि बोरिङसँग सम्झौता गर्न लालायित पार्न सक्छ । फोर्ट लाडरडेल, फ्लोरिडा र सान बर्नार्डिनो काउन्टी, क्यालिफोर्निया पनि आफ्नै सुरुङका लागि छलफलको धेरै चरणमा रहेका छन् । सान बर्नार्डिनो काउन्टीमा त बोरिङले प्रस्ताव नै पठाउने तयारी गरेको छ । –ब्लुमबर्गबाट । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया