Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना संक्रमित


नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार दुई सय दुई जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परीक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कूल संक्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार एक सय ६४ पुगेको छ ।

सोही अवधिमा थप तीन सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८६ हजार ६६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । हाल यहाँ सात हजार सात सय ४३ ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या १५ लाख ५० हजार तीन सय ७७ रहेका छन् । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ४.१८ प्रतिशत भएको समाचारमा जनाइएको छ ।

भारतमा एक लाख ३८ हजार तीन सय ३१ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ५० लाख ८५ हजार सात सय २१ जनालाई कोरोना संक्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.५१ प्रतिशत रहेको जनाइएको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड २४ लाख ४८ हजार आठ सय ३८ भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५६ करोड ७६ लाखभन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया