चिनियाँ दुर्लभ पृथ्वी खनिजहरू प्रयोग गर्नबाट रोक्न अमेरिकी विधेयक
वासिङटन । रक्षा ठेकेदारहरूलाई सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले शुक्रबार अमेरिकी सिनेटमा नयाँ ‘दुर्लभ–पृथ्वी विधेयक’ पेश गरिएको छ । अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै चिनियाँ विज्ञहरूले चीनको वृद्धिलाई रोक्ने प्रयासको पृष्ठभूमिमा यो अमेरिकाको अर्को राजनीतिक चाल हो यद्यपि यसले चीनको दुर्लभ–पृथ्वी क्षेत्रको विकासमा बाधा नपर्ने बताएको ग्लोबल टाइम्सले जनाएको छ ।
बेइजिङस्थित एन्बाउन्ड कन्सल्टिङका वरिष्ठ विश्लेषक लिउ एन्कियाओले ग्लोबल टाइम्सलाई भने, आफ्नै दुर्लभ–पृथ्वी आपूर्ति शृंखला स्थापना गर्ने लक्ष्यका साथ वाशिंगटनको चालहरूको शृंखलालाई हेर्दा यो आश्चर्यजनक कदम होइन । यस कदमको पछाडिको व्यापक सन्दर्भ अमेरिका–चीन बिग्रँदै गएको सम्बन्ध हो ।
यसबाहेक हतियारसहित उच्च प्रविधि उत्पादनहरूको लागि महत्त्वपूर्ण कच्चा पदार्थका निम्ति अमेरिका चीनको दुर्लभ पृथ्वी खनिजको आपूर्तिमा धेरै निर्भर गर्दछ । चीनसँग ४४ मिलियन टन दुर्लभ पृथ्वी खनिजको भण्डार छ जुन विश्वव्यापी भण्डारको ३६.७ प्रतिशत हो। ग्लोबल टाइम्सका अनुसार सन् २०२० मा चीनले एक लाख ४० हजार टन दुर्लभ पृथ्वी खनिज उत्पादन गरेको जनाइएको छ र यो मात्रा विश्वव्यापी उत्पादनको लगभग ६० प्रतिशत हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया