Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतका हजार सहरमा जियोको फाइभजी योजना

भारतका हजार सहरमा जियोको फाइभजी योजना


नयाँ दिल्ली। जियोले भारतका एक हजार सहरमा फाइभजी नेटवर्क राख्ने योजना पूरा गरेको छ । कम्पनीले ठूलो मात्रामा फाइबर क्षमता बढाउने भएको कम्पनीका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

रिलायन्स जियो इन्फोकमका अध्यक्ष किरण थोमसले शुक्रबार बेलुका भने, ‘कम्पनीले भारतमा फाइभजी विस्तारका लागि समूह नै बनाएर केन्द्रित भएका छौँ ।’
उनका अनुसार भारतभर एक हजार मुख्य सहरका लागि फाइभजी कभरेज योजना पूरा भएको छ । जियोले स्वास्थ्य क्षेत्र र औद्योगिक अटोमेसनमा आफ्नो फाइभजी नेटवर्कमा परीक्षण गरिरहेको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया