Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियहिमपातका कारण अफगानिस्तानमा ४२ को मृत्यु

हिमपातका कारण अफगानिस्तानमा ४२ को मृत्यु


काबुल । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।

तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरुले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको पनि जनाएका छन् । पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको अधिकारीहरुको भनाई छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया