Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार२६ प्रतिशतले बढ्यो ग्रेटवाल मोटर्सको नाफा

२६ प्रतिशतले बढ्यो ग्रेटवाल मोटर्सको नाफा


बेइजिङ । चीनको ठूलो सवारीसाधन निर्माता ग्रेटवाल मोटरको नाफा सन् २०२१ मा २६ प्रतिशतले बढेको छ । कम्पनीका अनुसार एक अर्ब छ करोड डलर नाफा कमाएको कम्पनीको सञ्चालन आम्दानी ३२ प्रतिशतले बढेर २१ अर्ब डलर पुगेको छ ।

कम्पनीले आइतबार आयव्ययबारे जानकारी दिएको हो । यो कम्पनीले पिकअप र सेडान कारहरु उत्पादन गर्छ । यसअघि यही महिनाको सुरुतिर कम्पनीले आफ्ना सवारीसाधनको शिपमेन्ट गत वर्ष १५.२ प्रतिशतले बढेर १२ लाख ८० वटा पुगेको बताएको थियो । त्यसमध्ये झण्डै ७ लाख ५० हजार २ सय २८ वटा हावल एसयूभी रहेका थिए । विद्युतीय गाडी ओरा सेडानको पनि अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी १ लाख ३४ हजार २८ वटाले शिपमेन्ट भएको छ । कम्पनीको भारत, रुस र थाइल्यान्डमा कारखाना रहेको छ ।

कम्पनीको व्यवसाय समेत ३.८ प्रतिशतले विस्तार भएर गत वर्ष दुई करोड ६० लाख युनिट पुगेको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया