Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारठूला धनाढ्यले एक सातामै गुमाए अर्बौं डलर

ठूला धनाढ्यले एक सातामै गुमाए अर्बौं डलर


अमेरिका । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने समाचार आएसँगै सेयरबजारमा त्यसको प्रभाव देखिएको छ । यसको परिणाम भने संसारकै धनाढ्यहरुको सम्पत्तिमा देखिएको छ ।

संसारकै धनी इलोन मस्कले सात दिनमा २५ अर्ब अमेरिकी डलर गुमाएका छन् । महंगी नरोकिएपछि फेडेरल रिजर्भले ब्याजदर बढाउने तयारी गरेको हो ।ब्लुमबर्गका अनुसार मस्कमात्र होइन अरु धनाढ्यले पनि गत हप्ता गुमाउनुपरेको छ। पाँच प्रविधि अर्बपतिहरुले बितेको सात दिनमा कुल ६७ अर्ब अमेरिकी डलर गुमाएका छन् ।

अमेजनका संस्थापक जेफ बेजोसले पनि बितेको हप्तामा २० अर्ब डलर गुमाएका छन् । उनले मस्कले भन्दा कम गुमाएका छन् । यता फेसबुकका संस्थापक मार्क जुकरबर्गको पनि १० अर्ब ४० करोड डलर गुमेको छ भने गुगलका ल्यारी पेजले सात अर्ब ६० करोड डलर गुमाउनुपरेको छ । माइक्रोसफ्टका मालिक बिल गेट्सले चार अर्ब ३० करोड डलर गुमाएका छन् ।

क्रिप्टोकरेन्सीका मालिक चांगपेंग झाओको सम्पत्ति पनि १७ अर्ब ७० करोड डलरले गुमेको छ । सबैभन्दा धेरै सम्पत्ति गुमे पनि मस्क विश्व धनाढ्य सूचीमा दबदबा कायम राखिरहेका छन्। गत नोभेम्बरमा उनको सम्पत्ति तीन सय अर्ब डलर नाघेको थियो । जुन संसारका मानिसहरुले आजसम्म पार गरेको पहिलो कोशेढुंगा थियो । ब्लुमबर्ग अर्बपति सूचकांकले मस्कसँग करिब दुई सय ४३ अर्ब डलर सम्पत्ति रहेको अनुमान गरेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया