टोयोटाको नयाँ गाडी पाउन ग्राहकले चार वर्ष कुर्नुपर्ने !
जापान । सवारी निर्माता टोयोटाले जापानमा आफ्नो नयाँ गाडी डेलिभरी पाउन चार वर्ष कुर्नुपर्ने हुनसक्ने चेतावनी दिएको छ । विश्वको ठूलो कार उत्पादकले यो ढिलाइमा विश्व चिप अभाव वा आपूर्ति शृंखलाको अवरोध कारण नभएको जनाएको छ । लामो समय गाडी नपाउनुको मूल कारणचाहिँ कम्पनीले खुलाएको छैन ।
यता कोरोना संक्रमण बढ्दै जाँदा कम्पनीले जापानका ११ प्लान्टसम्ममा उत्पादन सुस्त पार्ने जनाएको छ । टोयोटाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ, ‘ल्यान्ड क्रुजर निकै प्रसिद्ध छ, जापानमा मात्र होइन विश्वभर नै, हामी ढिलो डेलिभरीका लागि माफी चाहन्छौँ ।’
कम्पनीले यदि अहिले ग्राहकले अर्डर गर्छन् भने उनीहरुले कार पाउन चार वर्षसम्म कुर्नुपर्ने सम्भावना रहेको बताएको छ । कम्पनीले सेमिकन्डक्टर चिपको अभाव वा आपूर्तिमा समस्या यसको कारण नरहेको दाबी गरेको छ । टोयोटाको नयाँ मोडलको ल्यान्डक्रुजरको अहिले बजारमा उच्च माग छ । टोयोटाले अहिले यसको मध्य र दीर्घकालीन रुपमा उत्पादन तीव्र पार्ने तयारी गरेको छ । सन् १९५१ मा ल्यान्डक्रुजर बजारमा आएको थियो । यो गाडी अहिलेसम्मकै धेरै लामो समयसम्म बिक्री भएको कम्पनीको उत्पादन हो ।
गत वर्षको अगस्टसम्म कम्पनीले एक करोड छ लाखवटा ल्यान्डक्रुजर बिक्री गरिसकेको छ । बितेका महिनाहरुमा यसका प्रतिस्पर्धी कम्पनीहरु जनरल मोटर्स, फोर्ड, निसान, डायम्लर, बीएमडब्ल्यू र रेनोजस्तै कम्पनीले पनि उत्पादन कटौती गर्न बाध्य भएको छ । गत महिनाा कम्पनीले जापानमा केही कारखानामा गरिएको उत्पादन कटौती थप लम्ब्याउने बतााएको थियो । कम्पनीले अहिले पनि आपूर्ति शृंखलामा समस्या भोगिरहेको छ ।
कम्पनीका अनुसार दक्षिणपूर्वी एसियाका केही कारखानामा पनि महमारीले समस्या भएको छ । यसबाट ल्यान्ड क्रुजर र लेक्ससको उत्पादनमा ठूलो असर पुगेको थियो । गत वर्षको सुरुतिरै कम्पनीले चिप अभावका कारण विश्वभर नै उत्पादन कटौती गर्ने बताएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया