पाकिस्तान भ्रष्टाचारको सूचीमा थप १६ देश पछाडि
इस्लामावाद । भ्रष्टाचारसम्बन्धी सूचकांक मापनका आधारमा पाकिस्तान अघिल्लो बर्षभन्दा थप १६ देश पछाडि परेको छ । विश्वभरका एक सय ८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान एक सय ४०औँ क्रम संख्यामा परेको हो ।
ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२१ को अध्ययन प्रतिवेदनमा पाकिस्तानमा भ्रष्टाचार पहिलाभन्दा बढेको उल्लेख गरिएको छ । ट्रन्सपरेन्सीले विभिन्न मापदण्ड बनाएर स्वतन्त्रपूर्वक ती सबै देशमा अध्ययन गरेर हरेक बर्ष विश्वभर एकैचोटि प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ ।
भ्रष्टाचार थप बढेको देखिएपछि पाकिस्तानका विपक्षी दलहरूले सरकारको थप आलोचना गरेका छन् । उनीहरूले प्रधानमन्त्री इमरान खान नै यसको मुख्य दोषी भएको आरोप पनि लगाएका छन् ।
‘पाकिस्तानको सरकार भ्रष्टाचारमा कति लागेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय यस संस्थाको प्रतिवेदनले पनि प्रमाणित गरेको छ’, विपक्षी दल पीएमए–एनले भनेको छ । विपक्षी दलका नेताहरूले अहिलेको सरकारलाई एक दिन पनि निरन्तरता दिन नहुने र जति ढिला भयो, त्यति मुलुकलाई क्षति हुने दाबी गरेका छन् । अहिलेको सरकारलाई तत्काल विघटन गराउनुपर्ने उनीहरूको माग छ ।
कानुनी शासनको उल्लंघनलगायतका कारणले भ्रष्टाचार बढिरहेको उनीहरूको आरोप छ । अघिल्लो वर्ष एक सय ८० देशमध्ये १२४औँ क्रममा रहेको पाकिस्तान अहिले एक सय ८० मध्येमै एक सय ४०औँ क्रममा पुग्नु साह्रै चिन्ताको अवस्था भएको विपक्षीहरूको भनाइ छ । भारत र बंलादेशको आफ्नो अवस्थालाई यथावत राख्नसक्ने तर पाकिस्तानले किन सक्तैन भन्दै खान सरकारसँग जवाफ मागेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया