Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमेटाले एआई सुपरकम्प्युटर बनाउने

मेटाले एआई सुपरकम्प्युटर बनाउने


अमेरिका । फेसबुकको कर्पोरेट कम्पनी मेटाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुपरकम्प्युटर बनाउने भएको छ । सीएनएनका अनुसार कम्पनीले सोमबार यसबारे जानकारी दिएको हो ।

कम्पनीको नयाँ एआई रिसर्च सुपरक्लस्टर (सुपरकम्प्युटर) एआईमा आधारित खोजी परियोजनामा प्रयोग हुनेछ । पछिल्लो दुई वर्षयता यसका लागि काम गर्दै आएको छ । यसले मेटालाई अत्यन्त शक्तिशाली सफ्टवेयर विकासमा ठूलो मद्दत मिल्नेछ ।

यसबाट कम्पनीले चाँडै एआई मोडललाई यसले प्रयोग गर्ने मल्टिमोडल सिग्नलहरुमा तालिम दिन सक्ने आशा गरेको छ । उदाहरणका लागि कम्पनीले भाषा, तस्बिर र ध्वनिलगायतका पोस्ट र त्यसको परिवेश बुझ्न सहज ढंगले सक्नेछ ।

सुपरकम्प्युटरमा एकअर्कामा जोडिएका प्रोसेसर हुनेछन् । यसलाई नड्स भनिन्छ । पछिल्लो समय सुपरकम्प्युटर धेरै लोकप्रिय र शक्तिशाली बन्दै आएको छ । खासगरी एआई रिसर्चमा यसको लोकप्रियता बढ्दो क्रममा छ । अमेरिकी डिपार्टमेन्ट अफ इनर्जीको समिट नामक सुपरकम्प्युटरलाई अमेरिकामा सबैभन्दा द्रुतगतिको मानिन्छ ।

विश्वमा भने यो दोस्रो वरीयतामा आउँछ । मेटाले एक ब्लगपोस्टमा मेटाले आफ्नो सुपरकम्प्युटरले छ हजार ८० जीपीयूहरु सात सय ६० नड्समा बाँडिएका छन् । सम्भवतः यो विश्वकै शक्तिशाली हुने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया