युनिलिभरले १५ सय रोजगारी कटौती गर्दै
लन्डन । उपभोग्य सामग्री बिक्रेता युनिलिभरले १५ सय रोजगारी कटौती गर्ने भएको छ । व्यवस्थापन र संरचना हेरफेर गर्ने क्रममा विश्वभरबाट उक्त संख्यामा रोजगारी कटौती गर्नलागेको कम्पनीले जनाएको छ ।
मारमाइट टु डोमेस्टोजको उत्पादक कम्पनीले आफ्नो कार्यबलको पाँच प्रतिशत कटौती गर्दा पनि कारखानामा शपफ्लोर रोजगारीमा कुनै असर नपर्ने बताएको छ । ५० अर्ब पाउन्डको ग्लाक्सोस्मिथक्लाइनको एक भाग किन्ने प्रयास असफल भएपछि केही सेयरसदस्यले परिवर्तनको माग गरेपछि कम्पनीमाथि दबाब सिर्जना भएको थियो । कम्पनीले बेलायत र आयरल्यान्डमा मात्रै छ हजारभन्दा बढीलाई रोजगारी दिएको छ ।
रोजगारी कटौती र पुनर्सांगठनिकीकरणको तयारी भने धेरै महिनायता हुँदै आएको थियो । नयाँ युनिलिभर अब पाँच डिभिजनयुक्त हुनेछ । यसमा ब्युटी, पर्सनल केयर र आइसक्रिम समेत हुनेछन् । सँगसँगै धेरै वरिष्ठ कार्यकारीहरुको परिवर्तन हुनेछ । युनिलिभरका ८० ब्रान्ड अहिले तीन डिभिजन ब्युटी एन्ड पर्सनल केयर, फुड एन्ड रिफ्रेसमेन्ट र होम केयरभित्र रहेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया