अमेरिकी कम्पनीको भण्डार पनि रित्तिँदै
वासिङटन । सेमिकन्डक्टर चिपको भण्डार रित्तिन थालेको यसका उत्पापदकहरुले बताएका छन् । अमेरिकी डिपार्टमेन्ट अफ कमर्सले विश्वमा चिप अभाव जारी रहँदा भण्डार पनि रित्तिनथालेको कम्पनीहरुलाई उद्धृत गर्दै भनेको छ ।
एक सय ५० भन्दा धेरै कम्पनीहरुमा गरिएको एक सर्वेका क्रममा सन् २०१९ मा औसत ४० दिनलाई पुग्ने आपूर्ति अहिले सन् २०२१ को अन्त्यतिर आइपुग्दा पाँच दिनमा झरेको भेटिएको हो । महामारीका बेला यसको बिक्री ह्वात्तै बढेको थियो । यसले उत्पादकलाई माग भेट्टाउन निकै संघर्ष गर्नुपरेको थियो । यसको अभाव गहिरिँदा धेरै ठूला उद्योगहरुमा असर पुगेको छ ।
दशौँ लाख कार, वासिङ मेसिन, स्मार्टफोन र धेरै वस्तुहरु यही चिपमा निर्भर हुन्छन् । ‘उच्च माग र भएकाको पूर्ण सदुपयोगले यो संकट समाधान दीर्घकालीन रुपमा गर्न घरेलु क्षमता नै बढाउनुपर्ने निश्चित देखियो’, अमेरिकी वाणिज्य विभागकी सचिव जिना राइमोन्दोले एक वक्तव्यमा भनेकी छिन् । उक्त अध्ययनले सेमिकन्डक्टरको माग सन् २०१९ मा भन्दा गत वर्ष १७ प्रतिशतले बढेको देखाएको छ ।
यसैबीच, अमेरिकी तल्लो सदनका डेमोक्रेटिक सांसदहरुले मंगलबार चीनसँग प्रतिस्पर्धा गर्न ५२ अर्ब डलर लगानीसम्बन्धी विधेयक ल्याएका छन् जसले यसको उत्पादन र अनुसन्धानमा सघाउ पुग्छ । माथिल्लो सदनमा उक्त विधेयक जुनमै पास भइसकेको छ । राष्ट्रपति जो बाइडेनले पनि यसलाई पास गर्न र चिप उत्पादनमा सहयोग गर्न जोड दिइरहेका छन् । गत हप्ता इन्टेलले अमेरिकी राज्य ओहायोमा विश्वकै ठूलो चिप उत्पादन कारखाना बनाउन २० अर्ब डलर लगानी गर्ने बताएको थियो ।
गत नोभेम्बरमा सामसङले अमेरिकी सहर टेक्ससमा आफ्नो नयाँ कम्प्युटर चिप प्लान्टका लागि १७ अर्ब डलर लगानी गर्ने बताएको थियो । यो प्लान्ट सन् २०२४ को मध्यतिर सञ्चालनमा आउनेछ । यो दक्षिण कोरियाली कम्पनीको अहिलेसम्मकै ठूलो अमेरिकी लगानी हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया