Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअफगानिस्तानमा तत्कालै ३ अर्ब ६० करोड अमेरिकी डलरबराबरको मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसंघ

अफगानिस्तानमा तत्कालै ३ अर्ब ६० करोड अमेरिकी डलरबराबरको मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसंघ


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब तीन अर्ब ६० करोड अमेरिकी डलरबराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ । हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहायता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि तीन अर्ब ६० करोड अमेरिकी डलरबराबरको सहायताको खाँचो रहेको आँकलन गरेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजाकिरकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको एक समूहले मानवीय सहयताको वितरण गरिरहेको छ । यो सहयोग अहिले अरु केही नभएर मानिसहरुका लागि आधारभूत खाद्यान्न, उनीहरुलाई न्यानो कपडा र आधारभूत औषधिमुलोहरु रहेको बताइएको छ ।

यही जनवरीको सुरुमा संयुक्त राष्ट्रसंघले यस वर्षका लागि कम्तीमा पनि चार अर्ब ४० करोड अमेरिकी डलरबराबरको मानवीय सहायता वितरण गर्नुपर्ने योजना बनाएको थियो । त्यसबाट नै अहिले तत्कालै कम्तीमा तीन अर्ब ६० करोड अमेरिकी डलरबराबरको सहयाताको खाँचो परेको हाल अफगानिस्तानमा सहयोग वितरण गरिरहेको संयुक्त राष्ट्रसंघको समूहले जनाएको हो ।

यहाँ तालिबानहरुको शासन सुरु भएपछि वैदेशिक सहायता आएको छैन । जसका कारण यहाँका नागरिक आधारभूत खाना, औषधि तथा न्यानो कपडाबाट पनि वञ्चित हुन पुगेका बताइएको छ । (रासस/सिन्ह्वा) 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया