सोल । दक्षिण कोरियाली विशाल प्राविधिक कम्पनी सामसङ इलेक्ट्रोनिक्सले बिहीबार आफ्नो सञ्चालन मुनाफा सन् २०२१ को चौथो त्रैमासिकमा ५३.३ प्रतिशतले वृद्धि भएको बताएको छ । उच्च बिक्रीले महामारीबाट प्रभावित आपूर्ति चुनौतीमाथि विजय हासिल गर्न कम्पनी सफल भएको देखिएको छ ।
विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताले सन् २०२१ को अक्टोबर–डिसेम्बर अवधिको लागि यसको सञ्चालन मुनाफा १३.८७ अर्ब वन (करिब ११ अर्ब ५५ करोड अमेरिकी डलर) पुगेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब सात अर्ब ५० करोड अमेरिकी डलरले बढी हो ।
मेमोरी चिपको उच्च मूल्य र उपभोक्ताको तीव्र मागले गर्दा सन् २०२१ मा सामसङले सबैभन्दा बढी वार्षिक बिक्री २७९.६ ट्रिलियन खर्ब प्राप्त गरेको थियो । यो एक वर्ष पहिलेको भन्दा १८ प्रतिशतको वृद्धि भएको कम्पनीले तथ्यांकमा उल्लेख गरिएको छ ।
सामसङले निरन्तर अनिश्चितताको बावजूद प्रतिस्पर्धी उत्पादनको कारण उच्च बिक्री गर्न सफल भएको बताएको छ । कम्पनीले आफ्नो स्मार्टफोनप्रतिको आकर्षण थप बलियो बन्दै गएको पनि दावी गरेको छ ।
कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रमा समस्या ल्याएको भए पनि यसले थुप्रै प्राविधिक कम्पनीहरूको प्रगतिमा मद्दत गरेको छ । महामारीका कारण घरबाटै काम गर्ने क्रम बढेसँगै सामसङको चिप्सबाट सञ्चालित उपकरणहरुको मागमा पनि वृद्धि भएको छ । साथै टेलिभिजन तथा वासिङ मेसिनजस्ता घरेलु उपकरणहरुको पनि प्रयोगमा वृद्धि भएको छ ।
तर सामसङपछि दक्षिण कोरियाको दोस्रो ठूलो उपकरण कम्पनी एलजी इलेक्ट्रोनिक्सले आफ्नो सञ्चालन मुनाफा २१.४ प्रतिशतले घटेको बताएको छ । एलजीले यो वर्ष चौथो त्रैमासिकमा आफ्नो मुनाफामा ६७७.७ बिलियनले वन मात्र रहेको बताएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया