खाद्यवस्तु र मलमा ४० अर्ब डलर बढी सहुलियत दिँदै भारत
नयाँ दिल्ली । भारतले नयाँ बजेटमार्फत खाद्यवस्तु र मलमा ठूलो परिमाणको सहुलियत दिने भएको छ । रोयटर्सका अनुसार आर्थिक वर्ष २०२२/०२३ को आगामी हप्ता आउने बजेटमा भारत सरकारले यी वस्तुमा ३० खर्ब भारु अर्थात् ४० अर्ब अमेरिकी डलरबराबरको सहुलियत (सब्सिडी) दिने योजना बनाएको हो ।
यही मार्चमा सकिने आर्थिक वर्षका लागि पनि गत वर्ष सोही हाराहारीमा सब्सिडी दिइएको थियो । महामारीका कारण गरिबलाई राहत र विश्वमा केमिकलको मूल्य बढ्दै जाँदा भारतको सब्सिडी बिल पनि आकाशिएको छ । नयाँ दिल्लीले यसअघि नै चालू आार्थिक वर्षमा दुई पटक दिइसकेको छ । स्रोतका अनुसार सन् २०२१/०२२ मा दिएको सब्सिडी हालसम्मकै उच्च हुनसक्नेछ ।
बजेटमा सरकारले ११ खर्ब मल सब्सिडीतर्फ र २० खर्ब खाद्यवस्तुको लागि सब्सिडी दिने तीन सरकारी स्रोतले रोयटर्सलाई जानकारी गराएको छ । त्यसमा मलखाद मन्त्रालयले १४ खर्ब भारुसम्म आव २०२२/०२३ का लागि थप सहयोग गर्नेछ । चालू आवका लागि वित्त मन्त्रालयले आठ खर्ब ३५ अर्ब भारु मल सब्सिडी दिएकोमा वास्तविक निकासा भने बढेर १५ खर्ब भारु पुग्ने अपेक्षा गरिएको छ ।
सरकारले सस्तो मूल्यमा युरिया मल खरिदका लागि दिँदै आएको छ । यसमा किसानले सरकारले तोकेकोा स्थिर ब्याजदरमा मल पाउँछनन् । त्यसैगरी मल बेच्न कम्पनीहरुलाई पनि निश्चित केही रकम सरकारले दिने गर्छ । उनीहरुले पनि स्थिर ब्याजदरमै पाउँछन् । खाद्य सब्सिडी चालू आवमा २४ खर्ब ३० अर्ब भारु दिएको थियो तर पछि फेरि थप छ खर्ब भारु निकासा गरिएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया