Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकाबुलमा नियमित विद्यूत आपूर्ति नहुँदा सयौँ कम्पनी बन्द हुने अवस्थामा

काबुलमा नियमित विद्यूत आपूर्ति नहुँदा सयौँ कम्पनी बन्द हुने अवस्थामा


अफगानिस्तान । अफगानिस्तानको राजधानी सहर काबुलमा नियमित विद्युत् आपूर्तिको समस्या देखिएको छ । सोही कारण कम्तीमा पाँच सय ८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको हो ।

अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुत्निकसँग भने, ‘उद्यमहरू नियमित हुन नसक्दा करिब चार हजार पाँच सय कामदारहरूले आफ्नो रोजगारी गुमाउने अवस्था आएको छ ।’ राजधानी सहर काबुलमा विद्युत्को अभाव भएको गुनासोबीच मध्यएसियाली राज्यहरू उज्बेकिस्तान, कजाकिस्तान र किर्गिस्तान समावेश भएको विद्युत् प्रणालीमा पाइने प्राविधिक समस्याका कारण उज्बेकिस्तानबाट विद्युत् प्रसारण रोकिएको टोलो न्यूजले बतायो ।

सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई आवश्यक पर्ने ऊर्जाको मात्रा आठ सय ५० मेगावाट रहेको उल्लेख गरेको थियो । छिमेकी मुलुकहरूबाट छ सय २० वाट ऊर्जा उपलब्ध गराइएको थियो ।

यसअघि जनवरीमा उज्बेकिस्तानले अफगानिस्तानमा विद्युत् आयात घटाएको थियो । जसका कारण अफगानिस्तानका विभिन्न प्रान्तमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको हो । जनवरी २५ मा यस क्षेत्रमा ठूलो विद्युत अवरोध हुँदा उज्बेकिस्तानले अफगानिस्तानमा निर्यात विद्यूतलाई काटेको थियो भने यसलाई मंगलबारदेखि पुनः स्थापित गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया