वासिङटन । संयुक्त राज्य अमेरिकाको राष्ट्रिय ऋणको आकार तीन सय खर्ब अमेरिकी डलर नाघेको छ । अमेरिकी सरकारको ट्रेजरी डिपार्टमेन्टले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकाको ऋण उच्च अंकमा पुगेको देखिएको हो ।
सन् २०१९ यता यस्तो ऋण ७० खर्ब डलरले बढेको छ । महामारीका बेला अर्थतन्त्र जोगाउन सरकारी सापटी उच्च भएको थियो । सन् २०१५ पछि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले पहिलोपटक ब्याजदर बढाउनलागेको छ । सन् १९९४ मा अमेरिकाको सार्वजनिक ऋण ५० खर्ब डलर थियो। सन् २०२२ मा आइपुग्दा यो बढेर ३ सय खर्ब डलर पुगेको सीएनएनले जनाएको छ ।
अमेरिकी केन्द्रीय सरकारले अन्य देश र विदेशी लगानीकर्तालाई ८० खर्ब डलर तिर्नुपर्ने देखिएको छ । त्यसमा पनि बढी जापान र चीनलाई तिर्नुपर्नेछ । जुन ब्याजसहित दिनुपर्नेछ। बितेका दशकमा अमेरिकाको ऋण उच्च दरले वृद्धि भएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया