जापानमा बाल दुर्व्यवहारको घटना बढ्यो
टोक्यो । जापानमा सन् २०२१ मा दुई हजार एक सय ७० बाल दुव्र्यवहारका घटनाहरू रेकर्ड गरिएका छन् । यो तथ्यांक एक वर्ष पहिलेको तुलनामा १.७ प्रतिशतले वृद्धि हो । कोरोनाभाइरस महामारीले असुरक्षित नाबालिगहरूको सुरक्षा गर्न कल्याणकारी सुरक्षा अधिकारीहरूको क्षमतामा प्रतिबन्ध लगाएको थियो, प्रहरीको राष्ट्रिय निकाय (एनपीए)ले बिहीबारको रिपोर्टमा जनाएको छ ।
एनपीएको प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रव्यापी रूपमा १८ वर्षमुनिका बालबालिकाहरूले वा उनीहरूका अविभावकले दुव्र्यवहारमा परेको भन्दै बाल कल्याण केन्द्रहरूलाई सूचना दिएपछि कुल एक लाख आठ हजार ५० मुद्दा दर्ता गरिएको थियो । अघिल्लो वर्ष पनि यो संख्या एक लाखभन्दा बढी रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १.० प्रतिशत उजुरी बढेको पाइएको छ ।
एनपीएका अधिकारीले भने, ‘कोरोनाभाइरस महामारीले बालबालिकामाथि निगरानी राख्ने अवसरहरूलाई सीमित गर्ने डर छ, त्यसैले हामी दुव्र्यवहार पत्ता लगाउन सम्भव भएसम्म निगरानी गरिरहनेछौँ ।’ तथापि, यो अवधिमा जापानमा समग्र अपराधको संख्या पाँच लाख ६८ हजार एक सय ४८ रेकर्ड गरिएको छ । यो संख्या लगातार सातौं वर्षसम्म निरन्तर घटिरहेको एनपीएले बताएको छ ।
हत्या र डकैतीजस्ता गम्भीर अपराधहरू १.३ प्रतिशतबाट घटेर आठ हजार आठ सय २३ भए पनि अपहरणका घटनाहरूमा १५.४ प्रतिशतले कमी आई ३८९ कायम भएको उक्त रिपोर्टले देखाएको छ । एनपीएले कुल ८३ हजार ३५ घरेलु हिंसा रेकर्ड गरिएको र परामर्श भएको कुरा पनि बताएको छ ।
नाबालिगलगायत झन्डै २० हजार अनलाइन परामर्शहरूमा सहभागिता जनाएको तथ्यांकले देखाएको छ । यसबाहेक जापानमा साइबर अपराधको घटना २४.३ प्रतिशतले बढ्दा १२ हजार दुई सय ७५ पुगेको प्रहरी अध्ययनले देखाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया