Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनबाट छ सय ४० जनाको उद्धार

चीनबाट छ सय ४० जनाको उद्धार


नयाँ दिल्ली, माघ २४
भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको वुहानबाट ६ सय ४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ । उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

‘हामीले ६ सय ४० भारतीय नागरिकलाई चीनबाट उद्धार गरेका छौँ, उनीहरुसँगै माल्दिभ्सका सात जनालाई पनि उद्धार गरिएको छ’, मन्त्रालयका प्रवक्ता राविस कुमारले भने । उनीहरुलाई दुई उडानमार्फत भारत ल्याइएको र उनीहरु अधिकांशलाई वुहान र वुहान नजिकैका क्षेत्रबाट उद्धार गरिएको पनि उहाँले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार उद्धार गरिएकाहरु मध्ये कसैलाई पनि कुनै पनि प्रकारको रोग देखिएको छैन । उनले यसलाई ठूलो उद्धारको रुपमा लिइएको बताए । उनीहरुलाई उद्धारका लागि चीनले गरेको सहयोग र समन्वय उल्लेख्य रहेको पनि उनले जानकारी दिए ।

भारत फर्किन खोजेका अरु दश जना भने स्वास्थ्य परिक्षणको प्रक्रिया पुरा नभएकाले फर्किन नपाएको प्रवक्ता कुमारको भनाइ छ । उनले चीनमा रहेका र स्वदेश फर्किन चाहेकाहरुलाई चीनस्थीत भारतीय दूतावास तथा सम्बन्धित अन्य कार्यालयमा सम्पर्क गर्न पनि आह्वान गरे । चीनमा गत डिसेम्बरदेखि देखिन थालेको कोरोना भइरसका कारण अहिलेसम्म ५६२ भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु हजारौ सक्रमित भएका छन् । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया