२०२१ मा बिके ८ सय ८७ विलासी पानीजहाज
अमेरिका । कसिलो आपूर्ति शृंखलाका बीच गत वर्ष सुपरयाटको बिक्री उच्च विन्दुमा पुगेको छ । सन् २०२१ मा ८८७ सुपरयाटहरु बिक्री भएका थिए । जुन अघिल्लो वर्षभन्दा ७७ प्रतिशतले बढी र सन् २०१९ को तुलनामा दोब्बरले बढी भएको भेसेल्सभ्यालुको एक रिपोर्टले देखाएको छ । यसकै बीच ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार एक खर्ब ७४ अर्ब ७० करोड अमेरिकी डलर सम्पत्ति भएका जेफ बेजोस आफ्नो ४१७ फुट लामो सुपरयाटको डेलिभरी कुरिरहेका छन् ।
ब्लुमबर्गका अनुसार यसको निर्माण अन्तिम चरणमा प्रवेश गरेको छ । यो नेदरल्यान्डमा बनिरहेको छ । उनीमात्र होइनन्, सुपरयाटको व्यग्र प्रतीक्षामा स्टिभन स्पाइलबर्ग पनि छन् । उनले पनि १५ करोड ८० लाख अमेरिकी डलर मूल्यको पुरानो याटपछि अर्को अर्डर गरेका छन् । पुरानो याट गत नोभेम्बरमा बिक्री भए पनि मूल्यबारे उल्लेख गरिएको छैन ।
गत वर्ष विश्वका ५०० धनीका लागि कम ब्याजदर र बुलिस सेयरबजारले १० खर्ब डलर सम्पत्ति थपिदियो । भेसेल्सभ्यालुका अनुसार कोरोना महामारी र बढ्दो सम्पत्ति आर्जनले सुपरयाटको माग ह्वात्तै बढाइदियो । यसमा सस्तो दरमा ऋण पाउने सुविधाले थप मलजल गर्यो ।
यसैबीच, ब्याजदर बढ्दै गर्दा र इक्विटी मार्केटमा ससाना छाल आउँदै गर्दा नवप्रवर्तनको अभावका कारण आगामी केही महिनासम्म कम्तीमा सुपरयाटको मूल्य घटाउनेछैन । सुपरयाट बनाइसक्न धेरै वर्षको समय लाग्छ । त्यही भएर यसलाई खरिद गर्ने धेरै सेकेन्डह्यान्ड सुपरयाटमा रुचि राख्छन् ।
‘किन्नका लागि पर्याप्त याटहरु उपलब्ध छैनन्’, भेसेल्सभ्यालुमा सुपरयाट प्रमुख साम टकर भन्छन् । आपूर्ति शृंखलामा अवरोध र मजदुर अभावले अवस्था झनै नाजुक बनाइदिएको छ । त्यसमा शिपयार्ड पनि निकै सीमित छन् र नयाँ बन्न निकै लामो समय लाग्छन् । सोही कारण अहिले जो जोसँग छ, उच्च मूल्यका छन् ।
त्यसो त सुपरयाटमा खासै लगानी गरिँदैन । यसको अवमूल्यन कम र वार्षिक सञ्चालन खर्च उच्च छ । अर्थात् झण्डै कुल मूल्यको १० प्रतिशतजति । तर खँदिलो बजारको अर्थ यसको मूल्य सन् २०२१ मा मात्रै ५ देखि ८ प्रतिशतसम्म बढेको छ ।
‘याटका मालिकका लागि यो त महत्वपूर्ण समय हो’, टकर भन्छन्, ‘एक वर्षअघि जजसले यो किने उनीहरु सम्भवतः १ वर्ष निःशुल्क आनन्द लिएर अहिले नाफाका लागि बिक्री गर्न चाहेका हुनसक्छन् ।’ ब्लुमबर्गबाट
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया