Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा बन्यो सामसुङ ग्यालेक्सी नोट १० प्लस

बंगलादेशमा बन्यो सामसुङ ग्यालेक्सी नोट १० प्लस


ढाका, माघ २४
दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले आफ्नो स्मार्ट डिभाइस ग्यालेक्सी नोट १० प्लस बंगलादेशस्थित आफ्नो प्लान्टमा निर्माण गरेको छ । बंगलादेशी मिडियाहरुका अनुसार कम्पनीले एसेम्बलिङ उद्योगबाट उक्त मोडलको फोन उत्पादन गरेको हो । नोट १० प्लसमा कम्प्युटरजस्तै डिजाइन गरिएको छ भने गेम खेल्न, मुभी टेक क्यामरा र इन्टेलिजेन्ट पेनजस्ता फिचर छन् ।

सामसुङको स्थानीय असेम्बली पार्टनर फेयर इलेक्ट्रोनिक्सका मार्केटिङ अफिसर मोहम्मद मेस्बाह उद्दिनले बंगलादेशमा उत्पादन भएको उत्कृष्ट ह्यान्डसेट रहेको बताए । बंगलादेशको नार्सिंग्दीमा रहेको फेयर इलेक्ट्रोनिक्सको ५८ हजार वर्गफिट प्लान्टबाट नोट १० प्लस उत्पादन गरिएको हो । उक्त उत्पादनसँगै नोट १० प्लस ३१ हजार ३ सय टाका सस्तोमा पाइनेछ । अहिले उक्त फोन १ लाख १३ हजार टाकामा बिक्री भइरहेको बताइएको छ ।

सुरुमा १ हजार ५ सय युनिट फोन उत्पादन भएको बताइएको छ । ती सबै बिक्री भइसकेका छन् । बजारबाट समेत फोनको राम्रो प्रतिक्रिया आएको बताइएको छ । गत वर्षदेखि सामसुङको ह्यान्डसेट एसेम्बल गर्न सुरु गरिएको थियो । हालसम्म कम्पनीका २५ मोडलका फोन उक्त प्लान्टबाट एसेम्बल भइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया