Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसाउदी अरबमा बर्डफ्लु

साउदी अरबमा बर्डफ्लु


रियाद, माघ २४
साउदी अरबको राजधानी रियादमा बर्डफ्लुको संक्रमण भएको पुष्टि गरिएको छ । रोगजन्य भाइरसका रुपमा रहेको बर्डफ्लु एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि मन्त्रालयले पुष्टि गरेको हो । अहिले घटनास्थल र अन्य शंकास्पद तथा सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको अधिकारीको भनाइ छ । उनीहरुले आवश्यक परीक्षण, अध्ययन, अनुसन्धान भइरहेको पनि जनाएका छन् ।

साउदी अरबका कृषि अधिकारीहरुले सबै परीक्षण र उच्च सतर्कता अपनाउने कार्य भइरहेकाले मानव स्वास्थ्यमा भने कुनै खतरा नरहेको दाबी गरेका छन् । साउदी अरबको एउटा पत्रिकाले लेखेको समाचारअनुसार बेलैमा थाहा पाएर नियन्त्रणका उपायहरु तत्काल अपनाउन सकिएकाले थप फैलिन नपाएको अधिकारीहरुले बताएका छन् । मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अबा अल खाइलले बर्डफ्लुको भाइरस संक्रमण भएको चरालाई नष्ट गरिसकिएकाले अब मानिसमा फैलिने सम्भावना नरहेको जानकारी दिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया