बंगलादेश चीनको ऋणको जालमा परेको छैन : विदेशमन्त्री
ढाका । बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ ‘ऋणको जाल’मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ । शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोमेनले बंगलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको सानो अंश मात्रै रहेको बताएका छन् ।
सिन्ह्वाका अनुसार मन्त्रीले ऋण जाल चिन्ता भनेको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई ध्वस्त पार्ने र बेइजिङ र ढाका वा यस क्षेत्र र बाहिरका अन्य देशहरू बीचको सहयोगलाई रोक्नको लागि गरिएको स्पष्ट प्रयास भनेका छन् ।
ऋण–जीडीपी अनुपातको सन्दर्भमा मन्त्रीले भने बंगलादेशको कुल ऋण १५ प्रतिशत वा लगभग १६ प्रतिशतभन्दा बढी छ । मोमेनले भने कुनै पनि देशको ऋण कुल गार्हस्थ्य उत्पादनको झण्डै ४० प्रतिशत हुँदा ऋणमा फसेको भन्ने हुन्छ ।
बंगलादेशले अहिलेसम्म विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सबैभन्दा बढी ऋण लिएको बताउँदै मोमेनले भने, ‘विदेशी स्रोतबाट लिने हाम्रो कुल ऋणको पाँच प्रतिशत पनि चिनियाँ ऋण पुगेको छैन ।’
मोमेनले कथित अधिकार दुरुपयोगको आरोपमा देशको ¥यापिड एक्सन बटालियनका अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि यो कदम धेरै दुर्भाग्यपूर्ण र तथ्यमा आधारित नभएको भएको भन्दै आएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया