किन चीन पुटिनको उद्धारमा आफ्नो अर्थतन्त्र अघि सार्दैन ?
हङकङ । युक्रेनलाई लिएर पश्चिमा राष्ट्रसँग भूराजनीतिक तनावमा रुसलाई आवश्यक पर्ने साथी छ– चीन । तर चीनबाट रुसलाई सहयोगका शब्दबाहेक अरु केही सहयोग हुने देखिँदैन । यदि उसले युक्रेनलाई आक्रमण गरे रुसको अर्थतन्त्रले अमेरिका र युरोपको आर्थिक प्रतिबन्धको सामना गर्नुपर्ने निश्चित छ ।
हुन त मस्कोसँग बेइजिङको बलियो कूटनीतिक र सैन्य सम्बन्ध छ तर यसको आर्थिक सम्बन्ध निकै जटिल छ । गत शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ समकक्षीसँग बेइजिङ विन्टर ओलम्पिकका दौडान भेटवार्ता गरे । क्रेमलिनले यसलाई निकै सौहार्द र रचनात्मक भेटवार्ता भनेको छ । सँगसँगै दुई नेताले आपसी सहकार्यलाई अझ मजबुत बनाउन सहमत भएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । रुसी तेल कम्पनी रोसनेफ्टले अर्को दशकसम्म तेल आपूर्ति गर्न सहमति गरेको बताएको थियो ।
‘सँगै काम गरेर नै हामी स्थिर आर्थिक वृद्धि हासिल गर्न र परस्परका चुनौती पन्छाउन सक्नेछौँ’, सिन्ह्वाले बिहीबार प्रकाशित गरेको विचारमा पुटिनले लेखेका थिए । यसको मतलब रुसले युक्रेनमाथि आक्रमण गर्नसक्छ तर मस्कोले युक्रेनमाथि आक्रमण गर्ने समाचार नै झूठो भन्दै आएको छ ।
अमेरिकी सांसदहरुले भने रातो रेखा पार गरे रुसमाथि हालसम्मकै ठूलो प्रतिबन्ध लगाउने चेतावनी दिइरहेका छन् । युरोपेले नेताहरुले पनि यस्तै खाले अभिव्यक्ति दिइसकेका छन् भने सन् २०१४ मा क्राइमिया हडप्दा नै युरोपले रुसमाथि प्रतिबन्ध लगाएका थिए । अहिले आक्रमण गरे त्योभन्दा ठूलो प्रतिबन्ध लगाउने उनीहरुको तयारी छ ।
त्यसो त चीनले यसअघि नै रुसलाई आफ्नो कूटनीतिक समर्थन व्यक्त गरिसकेको छ । संयुक्त वक्तव्यमा सी र पुटिनले शुक्रबार नाटोको विस्तारको विरोध गरेका थिए । रुसलाई युक्रेन नाटो सदस्यराष्ट्र बन्नेमा डर छ । ‘सीलाई केचाहिँ विश्वास छ भने रुसलाई यो परिस्थितिमा समर्थन गर्दा चीनको रणनैतिक स्वार्थ पनि छ’, डीसीमा रहेको फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिजका वरिष्ठ अधिकारी क्रेग सिंग्लिटन भन्छन् ।
पश्चिमासँग तनाव बढ्दा रुस र चीनले सहकार्यमा जोड यसअघि नै दिएको देखिँदै आएको छ । कार्नेजी मस्को सेन्टरमा एसिया प्यासिफिक प्रोग्रामका रुसी प्रमुख अलेक्जेन्डर गाबुएभले दुई राष्ट्रबीचको हतियार सम्झौता, मिलेर हातहतियार विकास, सैन्य तालिमलाई यसको उदाहरणका रुपमा लिए ।
तर यी सबै हुनुका बाबजुद दुई राष्ट्रले गहिरो आर्थिक प्रतिबन्धबीच आर्थिक सहकार्य गर्लान् भन्ने स्पष्ट छैन । रुस चीनमा धेरै हिसाबले व्यापारमा निर्भर छ । तर मुख्य कुरा यो होइन । चिनियाँ अर्थतन्त्र र मस्कोको सैन्य संकटका घटना फरक कुरा हुन् । आर्थिक कुरामा भन्दा रुसप्रति कूटनीतिक समर्थन गर्दा दुवैले जितको अर्थमा लिन सक्छन् ।
चीन रुसको पहिलो ठूलो व्यापार साझेदार हो । सन् २०२० को कुरा गर्दा यसको विदेश व्यापारमा चीनले १६ प्रतिशत हिस्सा ओगट्छ । तर चीनको लागि यस मामिलामा रुस कम प्राथमिकतामा पर्छ । दुईबीचको व्यापारमा चीनको कुल व्यापार आयतन दुई प्रतिशतमात्र हुन आउँछ । बरु यसको साटो चीनको व्यापार युरोपियन युनियन र अमेरिकासँग बढी छ ।
त्यसकारण पनि बेइजिङ रुस–युक्रेन तनावमा होसियारीसाथ हिँड्नुपर्नेछ । चीनको अहिले रुससँगको आर्थिक सम्बन्धले बेइजिङलाई वासिङटन र यसका सहयोगीबाट हुने दबाबबाट जोगाउने कुनै वारेन्टी गर्दैन । त्यसकारण रुसले युक्रेनमाथि आक्रमण गर्दा चीनमाथि सबैको नजर रहनेछ । अमेरिकी रक्षामन्त्री एन्टोनी ब्लिन्केनले यसअघि नै बेइजिङलाई भनिसकेका छन्– युक्रेनमाथिको आक्रमणले चीनलाई पनि अप्ठ्यारो पर्नेछ ।
मस्कोसँग आर्थिक सम्बन्धी अझै गहिरो पार्दा चीनका लागि सुखद रहनेछैन । हुन त चीन र रुसले सन् २०२४ सम्म दुईदेशीय व्यापार दुई खर्ब डलरको बनाउने सहमति गरिसकेका छन् । तर अहिले मुस्किलले ५० अर्ब डलरको मात्रै हुँदै आएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले चीनको अर्थतन्त्र यो वर्ष ४.८ प्रतिशतले मात्रै वृद्धि हुने अनुमान गरेको छ । सन् २०२१ मा यस्तो दर आठ प्रतिशत थियो । घरजग्गा क्षेत्रको संकट र घट्दो उपभोक्ता खर्चले वृद्धि दर खुम्चिरहेको छ । यस्तो अवस्थामा रुसले युक्रेनमाथि आक्रमण गरेमा चीनकै ऊर्जा र धातु बजारले आश्चर्य मान्नेछ । सीएनएनबाट भावानुवाद
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया