Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफ्रेस्कोले ल्याउँदै छ एकपटकको चार्जमा ६२० माइल गुड्ने विद्युतीय कार

फ्रेस्कोले ल्याउँदै छ एकपटकको चार्जमा ६२० माइल गुड्ने विद्युतीय कार


ब्रसेल्स । विद्युतीय कार कम्पनीहरुले आगामी वर्षहरुमा लामो रेन्जका कारहरु ल्याउने तयारी गरिरहेका छन् । ल्युसिड एयर र टेस्ला रोडस्टर यस्ता कारमा पर्छन् तर यिनलाई पनि टक्कर दिने गरी नर्वेजियन कम्पनी फ्रेस्कोले पनि द फ्रेस्को एक्सएल ल्याउने देखिएको छ ।

फ्रेस्कोको यो कार एकपटकको चार्जमै ६२० माइल यात्रा गर्न सक्ने बताइएको छ । यसको अनुमानित रेन्ज टेस्ला रोडस्टरसँग मिल्दो छ भने मर्सिडिजको चर्चित भिजन ईक्युएक्सएक्सभन्दा थोरै कम छ ।

तर यसले आजसम्मका सबै ईभीको रेन्जलाई माथ दिनेछ । अहिले ४ देखि ५ सय माइल रेन्जका कार छन् । टेस्ला मोडल एस लंग रेन्ज प्लस यो श्रेणीमा पर्छ । फ्रेस्कोका अनुसार ईभीको लामो रेन्ज सुपर एरोडाइनामिक डिजाइनमा छ भने यसमा एक्सएल ब्याट्री प्याक रहनेछ ।

कम्पनीले यसलाई ईभी नभनी फ्रेस्को पड भनेको छ । सेल्फ ड्राइभिङ पडको आइडिया अमेरिकामा भन्दा युरोपमा लोकप्रिय हुनथालेको छ । किनभने यसका प्रविधि यातायात पूर्वाधारसँग सम्बन्धित छ । फ्रेस्को एक्सएलको अग्रिम बुकिङ गर्न सकिने भइसकेको छ । यसको अनुमानित मूल्य एक लाख १४ हजार ३ सय ३० अमेरिकी डलर हाराहारीमा हुनेछ । यो ठ्याक्कै कहिले सार्वजनिक हुने भन्ने मिति तोकिएको छैन । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया