Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियस्टिलमाथिको कर हटाउन अमेरिका–जापान सहमत

स्टिलमाथिको कर हटाउन अमेरिका–जापान सहमत


टोक्यो । अमेरिका र जापान ट्रम्प प्रशासनले तत्कालीन समयमा लगाएको स्टिलमाथिको कर हटाउन सहमत भएका छन् । बीबीसीका अनुसार १२ लाख ५० हजार मेट्रिक टन प्रतिवर्षबराबरको स्टिलमाथिको कर हट्ने भएको हो ।

यसबारे दुई देशबीच भएको सम्झौतालाई जापानले स्वागत गरेको छ । सम्झौतासँगै विश्व स्टिल उद्योगमा बढेको अव्यावहारिक कार्य अन्त्य हुने जापानको आशा छ । बाइडेन प्रशासनले यसअघि नै यस्तै प्रकारको सम्झौता युरोपेली संघसँग पनि गरिसकेको छ । तर बेलायतसँग भने यस्तो सम्झौता हुनसकेको छैन ।

यो सम्झौता अप्रिल १ देखि कार्यान्वयनमा आउनेछ । यसले अमेरिकालाई आफूपक्षीय राष्ट्रहरुको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नेछ । सँगसँगै यसले चीनको नराम्रो व्यापार अभ्यास रोक्न पनि सहयोग मिल्ने दाबी अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्दोले गरेकी छिन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा वासिङटनले धेरै देशबाट हुने स्टिल आयातमा कर लगाएको थियो । राष्ट्रिय सुरक्षामा सस्तो धातु आयातले असर गर्ने त्यतिबेला अमेरिकाको दाबी थियो । अहिले भएको नयाँ सम्झौताअनुसार भने जापानको स्टिलमा अहिले कायम २५ प्रतिशत थप शुल्क लिन बन्द हुनेछ । त्यस्तै आल्मुनियमको साढे १२ लाखको वार्षिक सीमा भने कायमै छ । लगानीवेत्ताहरुले दुई देशबीच भएको यो सम्झौताको स्वागत गरेका छन् । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया