Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगौतम अदानी एसियाकै धनी

गौतम अदानी एसियाकै धनी


नयाँ दिल्ली । भारतीय अर्बपति गौतम अदानी आफ्नै देशका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै धनी बनेका छन् । ब्लुम्बर्गको विश्व अर्बपति सूचीअनुसार एसियाको धनाढ्यमा अदानीको उदय भएको हो ।

५९ वर्षीय उनी अदानी ग्रुपका संस्थापक हुन् । उनले बन्दरगाहदेखि हवाइ हुँदै थर्मल ऊर्जा र कोइलासम्मको कम्पनीमा स्वामित्व लिएका छन् । ब्लुमबर्ग बिलेनियर इन्डेक्सअनुसार अदानीको सम्पत्ति ८८ अर्ब ५० करोड अमेरिकी डलर रहेको छ । विश्वका अन्य अर्बपतिजस्तै अदानीको सम्पत्ति पनि महामारीका बेला ह्वात्तै बढेको थियो ।

सीएनएनका अनुसार गत वर्ष यही बेला उनीसँग ४० अर्ब डलरभन्दा कम सम्पत्ति थियो । एकै वर्षमा ह्वात्तै सम्पत्ति बढेपछि उनले भारतकै ऊर्जादेखि प्रविधिसम्मका उद्यमी मुकेश अम्बानीलाई उछिन्दै विश्वको १० धनाढ्य सूचीभित्र अटाउन सफल भएका हुन् । भारतीय सेयरबजारमा महामारीका बेला अदानी इन्टरप्राइजेसको सेयर मूल्य एक हजार प्रतिशतभन्दा धेरैले बढेको थियो । सेयर मूल्य सन् २०२० को जुनयता निरन्तर बढिरहेको थियो । जसलाई अदानीप्रति लगानीकर्ताको विश्वास बढेको रुपमा हेरिँदै आएको थियो ।

खासगरी पूर्वाधार र नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा लगानीकर्ताको मन जित्न अदानी सफल देखिएका छन् । जुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक विकास लक्ष्यभित्र पर्छ । अदानीको उदयसँगै अम्बानी भने विश्वको ११औँ धनाढ्य बनेका छन् । उनको सम्पत्ति ८७ अर्ब ९० करोड डलर रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया