Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियटेस्लाविरुद्ध मुद्दा

टेस्लाविरुद्ध मुद्दा


अमेरिका । अमेरिकी विद्युतीय सवारीसाधन निर्माता टेस्लाविरुद्ध नश्लीय विभेद र हिंसा भएको भन्दै एक क्यालिफोर्निया नियामकले मुद्दा दायर गरेको छ । टेस्लाका कारखानामा नश्लीय विभेदपूर्ण व्यवहार हुने गरेको आरोप लागेको हो ।

द क्यालिफोर्निया डिपार्टमेन्ट अफ फेयर इम्प्लोयमेन्ट एन्ड हाउजिङ (डीएफईएच) ले यससम्बन्धी सयौँ उजुरी फ्रिमन्ट कारखानामा काम गर्ने कामदारबाट परेको जनाएको छ । टेस्लाले भने यसलाई गलत ढंगले लिइएको टिप्पणी गरेको छ । कम्पनीले सबैखाले विभेद र हिंसाको आफूले विरोध गरेको जनाएको छ । टेस्लाले तथ्य र प्रमाण सुन्ने र आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि जनााएको छ ।

डीएफईएचका निर्देशक केभिन किसले टेस्लाको फ्रिमन्ट फ्याक्ट्री विभेदको थलो भएको प्रमाण प्राप्त गरेको बताए । जहाँ अश्वेत कर्मचारीविरुद्ध नश्लीय विभेदकारी शब्द गर्ने, काम लगाउँदा विभेद गर्नेलगायतका व्यवहार देखिएको उनको भनाइ छ । अश्वेत कर्मचारीले दिनमै ५० देखि सय पटकसम्म ‘रेसियल स्लर्स’ सुन्नुपरेको उजुरीमा भनिएको छ । गत वर्ष पनि टेस्लाविरुद्ध अश्वेत पूर्वकर्मचारीलाई १३ करोड ७० लाख डलर क्षतिपूर्ति तिर्न लगाइएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया