अमेरिकी उपभोक्ता मूल्य ४० वर्षयताकै उच्च
वासिङटन । अमेरिकामा महंगी उच्च भएको छ । गत जनवरी महिनामा उच्च दरमा वृद्धि भएको बीबीसीले जनाएको छ । योसँगै वार्षिक महंगी दर साढे सात प्रतिशत पुगेको हो ।
यो दर सन् १९८२ यताकै उच्च भएको बताइएको छ । खाद्य र ऊर्जा क्षेत्रमा महंगी बढ्दो क्रममा देखिएको छ । यसले घरपरिवारको खर्च बढेको छ । महंगी बढेपछि वासिङटनसामु यसलाई सम्बोधन गर्ने दबाब बढेको छ भने केन्द्रीय बैंकलाई पनि ब्याजदर बढाउने दबाब बढेको छ । अमेरिकी श्रम मन्त्रालयका अनुसार जनवरीमा उपभोक्ता मूल्य शून्य दशमलव छ प्रतिशतले बढेको छ ।
किराना सरसामानको मूल्य झन् एक प्रतिशतले बढेको छ । न्युयोर्ककी ६० वर्षीया डेट्रा थोमस ग्रोसरी स्टोर जानै छोडेको बताउँछिन् । उनी भन्छिन्, ‘म यो सबै खाद्यान्न किन्न नियमित रुपमा ग्रोसरी स्टोर जानै सक्दिनँ ।’
खानेकुरामात्र होइन कपडालगायतको मूल्य पनि उच्च भएको छ । महंगी बढे पनि अफिसमा तलब नबढेको एक वर्ष भइसकेको छ । गत वर्ष थोरै तलब बढे पनि अहिलेको महंगी धान्न त्यो पनि पर्याप्त छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया