श्रीलंकालाई सुरक्षित वैवाहिक गन्तव्यका रुपमा प्रवर्द्धन गरिने
कोलम्बो । श्रीलंका पर्यटन विकास प्राधिकरणले कोभिड–१९ महामारीबीच श्रीलंकालाई सुरक्षित विवाह गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाइएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् ।
यस कदमले राष्ट्रको सबैभन्दा प्रभावित मानिएको पर्यटन उद्योगलाई उत्थान गर्न मात्र नभई महामारीबाट प्रभावित घटना व्यवस्थापन, फेसन डिजाइन र अन्य सहयोगी क्षेत्रहरूलाई पनि सुदृढ पार्ने बताइएको छ । प्राधिकरणका अध्यक्ष किमार्ली फर्नान्डोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले यस प्रयासलाई सहयोग पु-याउन छिट्टै काम थालिने जनाएका उल्लेख गरेका छन् ।
विदेशी नागरिकका लागि श्रीलंकामा विवाह गरेको अनुभव सहज होस् भनेर कार्यक्रम व्यवस्थापन कम्पनी, विवाहका योजनाकार, फोटोग्राफर, फेसन डिजाइनर र अन्यलाई एक मञ्चअन्तर्गत सूचीकृत गर्ने प्रयास गरिने र यसका लागि छुट्टै ‘म्यारिज पोर्टल’ को स्थापना गरिने फर्नान्डोले बताउनुभयो ।
श्रीलंकाको पर्यटन प्रधिकरणले पनि भारत, माल्दिभ्स र पाकिस्तान जस्ता क्षेत्रका देशसँगको आफ्नो सम्बन्धलाई बलियो बनाउँदै राष्ट्रलाई विवाहको गन्तव्यका रूपमा प्रोत्साहन गर्ने बताइएको छ । ‘विवाह गन्तव्य बजार’ले सन् २०३१ सम्ममा २९० अरब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको स्थानीय बजार विश्लेषकहरूले जनाएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया