Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबाइनान्सले फोर्ब्स म्यागेजिनमा लगानी गर्ने

बाइनान्सले फोर्ब्स म्यागेजिनमा लगानी गर्ने


अमेरिका । क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्स होल्डिंग्सले फोर्ब्स म्यागेजिनमा लगानी गर्ने भएको छ । वालस्ट्रिट जर्नलका अनुसार कम्पनीले २० करोड अमेरिकी डलर लगानी गर्नलागेको हो । डिजिटल मुद्रा कम्पनी र चर्चित म्यागेजिनको यो सम्बन्धलाई आश्चर्यजनक रुपमा पनि लिइएको छ।

बाइनान्स कारोबार आयतनका हिसाबले संसारकै ठूलो क्रिप्टो एक्सचेन्ज कम्पनी हो । यदि सम्झौताले पूर्णता पाए फोर्ब्सका लागि यो अहिलेसम्मकै ठूलो लगानी हुनेछ । बाइनान्सका संस्थापक तथा कार्यकारीमा चांगपाङ झाओ रहेका छन् । ब्लुमबर्गका अनुसार झाओको सम्पत्ति ८६ अर्ब ८० करोड अमेरिकी डलर रहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया