Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेपत्ता भएको दुई सातापछि भेटियो जापानी लडाकु विमान पाइलटको शव

बेपत्ता भएको दुई सातापछि भेटियो जापानी लडाकु विमान पाइलटको शव


टोक्यो । जनवरीमा बेपत्ता भएको जापानी एफ–१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ ।

जापानको सागरमा सोही क्षेत्रमा लडाकु जेटको किलको टुक्रा भेटिएको थियो। अर्का पाइलटको भने खोजी भइरहेको जनाइएको छ । उक्त लडाकु विमान जनवरी ३१ मा इशिकावाको केन्द्रीय प्रिफेक्चरको एयरबेसबाट उडेको केही समयपछि जापानको सागरमा हराएको थियो । रासस/एएनआई 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया